2076 माघ 15 बुधबार

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को एकतापछि पहिलो पूर्ण बैठक सम्पन्न
स्ववियु निर्वाचनमा होमिने निर्णय

  |      21:11:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को एकतापछि पहिलो पूर्ण बैठक सम्पन्न

काठमाडौं पुस, २८– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि)द्वारा घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा होमिने निर्णय गरेको छ ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को एकतापछि भएको पहिलो पूर्ण बैठकले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु सहभागी हुने निर्णय गरेको हो ।

बैठकमा अनेरास्ववियुका जिल्ला र क्याम्पस कमिटीलाई स्ववियु निर्वाचनको तयारी गर्नसमेत निर्देशन दिने निर्णय गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जानकारी दिए । 

“करिव १० वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा सहभागी हुने निर्णय गरेको छौँ”, उहाँले भन्नुभयो, “नेपाल विद्यार्थी सङ्घ र अन्य विद्यार्थी सङ्गठनलाई पनि स्ववियु निर्वाचनमा सहभागी हुन आग्रह गरिएको छ ।”

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुन सकेको छैन । विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो ।

यसैगरी बैठकले सरकारलाई अन्य विश्वविद्यालयमा पनि स्ववियु निर्वाचन गराउन माग गरेको छ । विसं २०७३ मा स्ववियु निर्वाचन भए पनि करिब २५० क्याम्पसमा मात्र भएको थियो । अहिले त्रिविसहित पोखरा, पूर्वाञ्चल, काठमाडौँ विश्वविद्यालयमा केही क्याम्पसमा मात्र स्ववियु निर्वाचन हुने गरेको छ ।

बैठकले राष्ट्रिय शिक्षा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनसमेत सार्वजनिक गर्न माग गरेको छ । यस्तै सरकारको नीति, नियम र निर्देशन नमान्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य बस्नेतले जानकारी दिए ।

शुक्रबारदेखि शुरु भएको एकता बैठकले आज अनेरास्ववियुका संयोजक ऐन महरको राजनीतिक तथा शैक्षिक प्रतिवेदन र सहसंयोजक रञ्जित तामाङको ‘अनेरास्ववियुको अन्तरिम विधान–२०७६’ समेत पारित गरेको छ ।

नयाँ विधानअनुसार ३३५ केन्द्रीय सदस्य, १११ सचिवालय सदस्य, ४५ स्थायी कमिटी सदस्य र नौदेखि १५ सम्म केन्द्रीय कार्यालय समिति राख्ने व्यवस्था गरिएको छ । बैठकले माघ मसान्तभित्र प्रदेश, जिल्ला र क्याम्पस कमिटीको एकता सम्पन्न गर्ने निर्णयसमेत गरेको छ । यही पुस १८ गते दुवै सङ्गठनको एकता गरिएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...