2077 असार 25 बिहीबार

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

  |      11:32:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने


काठमाडौं माघ, १५–
 नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धान बीचमै छाडेर फाइल तामेलीमा पठाउने तयारी भएको छ । 
अख्तियार स्रोतका अनुसार पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालले अख्तिायरकै प्रेस संयोजक भवानी सुवेदी र केही बिचौलीयाहरुको सहयोगमा प्रमुख आयुक्त दीप बस्न्यात कहाँ १० करोड रुपैयाँ पुर्याएका छन् । तिनै धनलक्ष्मीको प्रभावका कारण अख्तियारको सोमबार बस्ने नियमित बैठकबाट उपेन्द्रकान्त अर्यालको फाइल तामेलीमा जान लागेको स्रोतको दावी छ । 
नेपाल प्रहरीमा हुँदा ५ करोड भन्दा बढि स्रोतबिनाको धन जम्मा गरेको आरोपमा अख्तियारले अर्यालविरुद्ध अनुसन्धान गरिरहेको छ । लामो समय अनुसन्धान गर्दा पनि आयोगले उनीविरुद्ध मुद्धा दर्ता गरेको छैन । तर अुनसन्धानमा कैयन त्रुटि भेटिँदा पनि मुद्दा दर्ता गर्नुको सट्टा उल्टै फाइल तामेलीमा पठाउने तयारी भएपछि अख्तियारका अनुसन्धान अधिकृतहरु नै आश्चर्यमा परेका छन् । 
भ्रष्ट कर्मचारी भरतराज सुवेदीका भाई भवानी सुवेदी अहिले अख्तियारका प्रेस संयोजक छन् । लोकमान सिंह कार्की प्रमुख आयुक्त हुँदा गोरखापत्र संस्थानबाट काजमा आयोग ल्याइएका उनको मुख्य काम रकम संकलन हुन थाल्यो । उनले कुनै बेला एमालेका नेता सुरेन्द्र पाण्डेसँग पनि मोलमलाई गरेका थिए । त्यो सम्भव नभएपछि काबेली ए जलविद्युत आयोजनाको लाइसेन्स रद्द गर्ने, पाण्डेको लागनी काबेलीमा छ भन्दै प्रचार गराएका थिए । रकम संकलनमा उनको क्रियाशीलताकै कारण लोकमान नहुँदा पनि उनी आयोगमा अहिले दीप बस्न्यातको प्रियपात्र भएर बसेका छन् । 
उपेन्द्रकान्त अर्यालको मामिला भने केही फरक छ । उपेन्द्रले आफ्नो हात्तीगौडास्थित घरमैै बोलाएर भवानीलाई १० करोड बुझाएको खबरछ । पाँच करोडको मुद्दामा उनले १० करोड किन दिए भन्ने प्रश्न पनि उठछ । खासमा ५ करोड भ्रष्टाचार गरेको प्रमाणित हुँदा पाँच करोड बराबर जरिवाना पनि हुन्छ । केही वर्ष जेल पनि निश्चित छ । त्यसमाथि पाँच करोडको विषय त बाहिर आएको मात्रै हो, अनुसन्धानका क्रममा अर्यालको काभ्रे र सिन्धुलीमा ५ सय रोपनी जमिन नै फेला परेको छ । त्यसमाथि अकुत सम्पत्तिको त कुनै हिसाब किताब नै छैन । 
अर्र्यालले लामो समयदेखि अख्तियारमा सेटिङ मिलाउने प्रयत्न गरेका थिए । सो प्रयत्न बमोजिम नेपाल प्रहरीका डिआइजी पवन खरेलमार्फत अर्यालले एक पटक अख्तियार आयुुक्त नविन घिमिरेलाई पनि भेटेका थिए । डिआइजी खरेल र आयुक्त घिमिरे सम्धि सम्धि हुन् । 
यो प्रकरणमा लागि पर्ने अर्का पात्र दीपक तिमल्सिना पनि हुन् । दीपकको कुनै स्टाटस त छैन, तर उनी विभिन्न काण्डहरुमा बिचौलीया बनेर बाँच्ने गरेका छन् । एक व्यक्तिको हितका लागि अर्को व्यक्ति सिध्याउने दलाली गर्ने दीपक तिमल्सिना अहिले व्यापारी अजेयराज सुमार्गीविरुद्ध पनि अरु नै कसैको उक्साहटमा लागि परेका छन् । आजको अमृतबजार साप्ताहिकमा खबर छ । 

 




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...