2077 जेष्ठ 22 बिहीबार

नेपाली विद्यार्थीलाई विश्व प्रशिद्ध कलेजहरुसँग जोड्ने आईडीपीको मोबाइल एप

  |      12:52:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
नेपाली विद्यार्थीलाई विश्व प्रशिद्ध कलेजहरुसँग जोड्ने आईडीपीको मोबाइल एप


काठमाडौ, जेठ १० । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई त्यहाँका उत्कृष्ट कलेजसँग जोड्नका लागि आईडीपी एजुकेसनले मोबाइल एप सार्वजनिक गरेको छ । ग्लोवल एजुकेसन स्पेसलिस्टको रुपमा विगत ५० वर्षदेखि विश्वका विभिन्न देशमा सक्रिय आईडीपी एजुकेसनले नेपालका लागि ‘आईडीपी स्टडी अब्रोड’ एप सार्वजनिक गरेको हो ।


उक्त एपमार्फत विद्यार्थीले विश्वभर रहेका विभिन्न कलेजको बारेमा घरमै बसेर जानकारी लिन सक्नेछन् । आईडीपी नेपालका प्रमुख अभिषेकश्रेष्ठले कम्पनीले ५० वर्षको ज्ञान र अनुभवमार्फत विद्यार्थीलाई उत्कृष्ट कलेज र उनीहरुले अफर गर्ने विभिन्न कोर्षको जानकारी सहज रुपमा प्रदान गर्न मोबाइल एप सार्वजनिक गरेको जानकारी दिए ।

‘लकडाउनका कारण अहिलेको अवस्थामा यात्रा गर्न सम्भव छैन,’ उनले भने, ‘त्यसैले हामीले निर्धा्रित लक्ष अगावै यो एप सार्वजनिक गरेका हौं । विद्यार्थीहरुले आफ्नो घरबाट नै कलेजको बारेमा सबै जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यका साथ यो एप तयार पारिएको हो ।’

विदेशमा पढ्नु जीवन परिवर्तनका लागि ठूलो अनुभवको विषय भएको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘यस्तोमा कहाँ पढ्ने, के पढ्ने भन्ने विषयको निर्णय लिनु अवश्य पनि चुनौतीकै विषय हुन्छ । विभिन्न साइटमा भेटिने जानकारीले अझ दोधारको अवस्था सिर्जना गर्नसक्छ । त्यसैले हामीले एकै ठाउँमा सबै जानकारीलाई समेटेर विद्यार्थीलाई सहज बनाउने कोसिस गरेको छौं ।’

एपमा विद्यार्थीले ६५० भन्दा बढी विश्वविद्यायलमा रहेका कोर्षको अध्ययन गरी आफूलाई मन परेको कोर्ष सर्ट्लिस्ट गर्न सक्नेछन् । विश्वविद्यालयको भर्नाको विषयमा निरन्तर अपेडमा बस्नका साथै त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीहरुबाट सुझाव समेत लिन सकिने आईडीपीले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...