2077 जेष्ठ 22 बिहीबार

नेपाली सेनाले ल्यायो चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीहरु

  |      14:08:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
नेपाली सेनाले ल्यायो चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीहरु

काठमाडौ । नेपाली सेनाले स्वास्थ सामाग्रीहरु ल्याएको छ । सेनाले आज मंगलबार मित्रराष्ट्र चीनबाट खरिद गरिएका कोभिड १९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरु नेपाल ल्याएको हो । 

खरिद गरिएका स्वास्थ्य सामग्रीहरु मध्ये नेपाल वायु सेवा निगमको जहाजबाट आज मिति २०७७ जेष्ठ ०६ गते १८.७ टन स्वास्थ्य सामग्रीहरु त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ल्याई पुर्यााएको छ । साथै मिति २०७७ जेष्ठ ३ गते १० (दश) वटा कन्टेनरबाट २६५ क्युविक मिटर र आज मिति २०७७ जेष्ठ ०६ गते ५ (पाँच) वटा कन्टेनरबाट १७६ क्युविक मिटर स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै नेपाल ल्याई पुरयाएको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६ चैत्र १६ गतेको “कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार सरकार अर्थात जीटुुजी विधिबाट खरिद गर्ने निर्णय अनुसार अन्तर्रा्ष्ट्रिय अभ्यास तथा प्रचलन अनुरुप प्रचलित सार्वजनिक खरीद ऐन तथा नियमावलीको परिधिभित्र रहि नेपाली सेनाले खरिद प्रक्रिया अघि बढाएको थियो ।

स्थलमार्गबाट प्राप्त भएका स्वास्थ्य सामग्रीहरु गौचर व्यारेकस्थित नेपाली सेनाको वेयर हाउसमा दाखिला गरिसकिएको छ भने हवाई मार्गबाट आज प्राप्त भएको स्वास्थ्य सामग्री मिति २०७७ जेष्ठ ०७ गते स्टोरमा दाखिला गरिने सेनाले जनाएको छ , मिति २०७७ बैशाख ०७ गते मित्रराष्ट्र चीनको सरकारी स्वामित्वमा रहेको चाईन सिनोफर्मा इन्टरनेशल कर्पोरेसनसंग कुल मुल्य एक करोड ८४ लाख ४१ हजार सात सय छ रुपैयाँ ३५ पैसाको औषधीजन्य सामग्रीहरु खरिद गर्ने सम्झौता भए बमोजिम उक्त स्वास्थ्य सामग्रीहरु प्राप्त भएको हो । 

साथै नेपाल सरकारको २४ घण्टा क्वारेन्टिनमा बस्ने नियम बमोजिम मिति २०७७ जेष्ठ ६ गतेको बिहानबाट क्वारेन्टिनमा रहेको ७ (सात) वटा कन्टेनर ट्रक तातोपानी भन्सारबाट क्वारेन्टिन पश्चात भोली मिति २०७७ जेष्ठ ०७ गते काठमाडौंतर्फ प्रस्थान गर्ने र ८ (आठ) वटा कन्टेनर ट्रक भोली मिति २०७७ जेष्ठ ०७ गतेबाट २४ घण्टा क्वारेन्टिनमा बसी मिति २०७७ जेष्ठ ०८ गते काठमाडौंतर्फ प्रस्थान हुने योजना रहेको छ ।

नेपाली सेनाले आफुलाई समयानुकल परिमार्जित परिस्कृत गर्दै चुस्त दुरुस्त बनाउदै मितव्ययी र पारदर्शी हुँदै जाने वर्तमान नेतृत्वको उद्देश्य अनुरुप नेपालको संविधान र प्रचलित ऐन, नियम तथा नेपाल सरकारबाट निर्दिष्ट जिम्मेवारी अनुरुप देश र जनताको हितका लागि हालको विषम् परिस्थीतिमा सिङ्गो संगठन लागि परेको व्यहोरा समेत जानकारी दिएको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...