2076 चैत्र 17 सोमबार

माधव नेपालको अपमान गरेको भन्दै नेकपाले सोध्यो प्रभु साहलाई स्पष्टीकरण

  |      19:45:00   |  

प्रयोजक :

15806254601210x100-NIC-super.gif
Corporate-benefit_1280x150Pixles.gif
माधव नेपालको अपमान गरेको भन्दै नेकपाले सोध्यो प्रभु साहलाई स्पष्टीकरण

काठमाडौं फागुन, १२– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य प्रभु साहलाई स्पष्टीकरण सोधेको छ ।    प्रदेश २ का पार्टी अध्यक्ष समेत रहेका  साहलाई स्पष्टीकरण  पार्टीका महासचिव विष्णु पौडेलले स्पष्टीकरण सोधेका हुन् । महासचिव पौडेलले अध्यक्ष साहलाई सोधेको पत्रमा भनिएको छ, ‘तपाईले पार्टीका वरिष्ठ नेता कमरेड माधव नेपालका विरुद्धमा समाजिक सञ्जालमार्फत अनुचित र आधारहीन आरोप लगाउनुको कारण के हो ? तपाईलाई पार्टीले किन कारवाही नगर्ने ? केन्द्रीय सचिवालयको निर्णयअनुसार तपाईलाई स्पष्टीकरण सोधिएको छ ।’


शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष साहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपनि पत्र हिजो पठाएको छ । अध्यक्ष साहले आफूलाई स्पष्टीकरण सोधिएको पत्र प्राप्त भएको छ तर त्यस बारेमा अहिले कुनै टिप्पणी नगर्ने बताए । 


अध्यक्ष साहले केही दिन पहिले ललिता निवास जग्गा प्रकारणको बारेमा अभिव्यक्ति दिएका थिए । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलगायतका पूर्वमन्त्रीहरुमाथि अख्यितार दुरुपयोग आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अध्यक्ष साहको प्रतिकृया आएको थियो । ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष, यो कसरी यो कहाँको न्याय हो भनि उनले प्रश्न गरेका थिए ।
यसमा उनले कसैको नाम उल्लेख नगरेपनि त्यतिबेलाका प्रधानमन्त्री माधवकुमार नेपाल थिए । र, अध्यक्ष साहको अभिव्यक्ति नेपालमाथि नै रहेको नेकपाले ठहर गरेको छ । 


फेसबुकमार्फत साहले दिएका अभिव्यक्तिमा भनेका छन्, संविधान र कानुन यसको बाधक हो भने यस्तो व्यवस्था हामीलाई चाहिदैन, हिजोको सामन्ती व्यवस्थामा राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद हो ।’ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...