2076 माघ 15 बुधबार

मिटरब्याजी यादवको घरमा प्रहरीको छापा

  |      00:00:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
 मिटरब्याजी यादवको घरमा प्रहरीको छापा

काठमाडौं पुस, २९– ऋण लगानी गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाही बरहथवाका रामबाबु राय यादवको घरमा प्रहरीले सोमबार खानतलासी गरेको छ ।


सर्वसाधारणलाई ऋण दिँला कपाली तमसुक बनाएर उठिवास लगाएको आरोपमा पक्राउ परेका यादवको बरहथवा नगरपालिका–१०, सीतापुरस्थित घरमा प्रहरीले दिउँसो खानतलासी गरेको हो । त्यसक्रममा यादवले विभिन्न व्यक्तिलाई ऋण प्रवाह गर्दा गरेको कागज र विभिन्न बैङ्कका चेक बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।


खानतलासी लिँदा बरामद भएको कागजातले घटनाको अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले जनाएको छ । यादवको घरमा खानतलासी गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवाको मुद्दा फाँटका प्रहरी निरीक्षक (इन्सपेक्टर) उमाशङ्कर गुप्ता र ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र यादवको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो । प्रहरीले यादवको घरमा झण्डै दुई घण्टा लगाएर खानतलासी गरेको हो ।


पीडितले काठमाडौंस्थित गृह मन्त्रालयमा पुगेर मिटर ब्याजी यादवले ठगी गरेको भन्दै उजुरी गरेपछि उनलाई प्रहरीले यही पुस २३ गते सर्लाहीको हरिपुरबाट पक्राउ गरेको थियो । भेष परिवर्तन गरी भाग्दै गरेको अवस्थामा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितको उजुरीका आधारमा प्रहरीले मिटरब्याजी यादवविरुद्ध जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...