2077 जेष्ठ 22 बिहीबार

विदेशबाट फर्केकालाई कृषि, एसेम्बलीङ प्लान्ट र निर्माण उद्योगमा लगाउन सकिने, सिपको सर्भे आवश्यक

  |      12:20:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
विदेशबाट फर्केकालाई कृषि, एसेम्बलीङ प्लान्ट र निर्माण उद्योगमा लगाउन सकिने, सिपको सर्भे आवश्यक

काठमाडौं । कोरोना संक्रमणको त्रासपछि कामको खोजीमा विदेश गएका नेपाली अहिले ठूलो संख्यामा स्वदेश फर्केका छन् भने बाहिर जान चाहने यतै रोकिएका छन् । भारत र खाडी मुलुकबाट नेपाली फर्किन खोज्नेको संख्या पनि त्यत्तिकै ठूलो छ । स्वदेश फर्केको जनशक्तिलाई उत्पादनमूलक गतिविधिमा लगाउन सकिएमा मुलुकको आर्थिक परिवर्तनको लागि अवसर पनि हुनसक्छ ।

कोरोना महामारी फैलिएपछि भारतबाट सुदुरपश्चीम क्षेत्रमा मात्रै डेढ लाख मानिस फिर्ता आएका छन् भने हवाईमार्ग हुँदै तेस्रो मुलुकबाट झन्डै २० हजार मानिस नेपाल फर्केका छन् । अहिले नै ६ लाख मानिसहरु नेपाल फर्कन चाहेको सरकारको भनाई छ। ति  युवलाई कहाँ काममा लगाउने र कसरी रोजगारी दिने  त ? अब यो सोच्नु पर्ने विषय भएको छ ।  

सबैलाई कृषि उद्यममा लगाउनुपर्ने धेरै राजनीतिज्ञ र अर्थविद्को सुझाव छ। तर समाधान यति मात्रै होइन ।

गत वर्षको साउनमा धनकुटाका किसानले गोलभेडा प्रतिकिलो ३ रुपैयाँमा बेच्न परेपछि खोल्सामा फाले । कृषिजन्य वस्तुहरुले बजार नपाएको र यसमा संलग्न उद्यमीहरुले आर्थिक क्षति भोगेको यो प्रतिनिधिमूलक उदाहरण मात्रै हो । किसानले तरकारीमा डोजर लगाएका, कुखुरा खाल्डोमा पुरेकाजस्ता घटना आइनै रहेका हुन्छन् ।

विदेशमा कृषि क्षेत्रमा काम गरेका युवालाई आधुनिक कृषि प्रणालीमार्फत  उत्पादन गर्न लगाएर बजार सुनिश्चीत गर्न सके मात्रै युवा देशमै बस्ने वातावरण तयार हुनसक्छ । जसका लागि अनुदानको बिउ मल र सस्तो भाडामा जग्गा उपलब्ध गराउने सरकारले योजना बनाउनु पर्छ ।  विदेशबाट फर्केका युवाहरुको सिप के हो भन्ने अध्ययन गरि मोबाइल एसेम्बलीङ, टेलिभिजन एसेम्बलीङ र साना खालका उद्योगहरुमा सहकारी मार्फत लगाउन सकिने अर्थविद् केशब आचार्य बताउँछन् ।

उनले भने ‘सबै जनशक्ति कृषिले मात्रै धान्न सक्दैन, तर आधुनिकिकरण गर्न सके केहि जनशक्ति त्यहाँ राख्न सकिएला, तर अन्य बिकल्प पनि खोज्नुपर्छ, एसेम्बलीङ प्लान्ट देखि निर्माण उद्योगमा उनिहरुलाई काममा लगाउन सकिन्छ । ’

यो वर्ष सरकारको बजेट, विदेशबाट आएकाहरुलाई  साना तथा घरेलु उद्योगमा आवद्ध गराउने गरि आउनुपर्ने देखिन्छ  । ब्याज अनुदानका साथै चालु पुँजी समेत उपलब्ध गराउने हो भने  यसले उद्यमशिलताको बिकास  गर्नेछ । जसबाट युवा शक्ति देशमै  रहनेछ र उत्पादन बृद्धि हुँदा ब्यापार घाटामा पनि सुधार आउने छ । तर यसमा पनि बजारको सुनिश्चीतता गर्ने बारेमा भने  सरकारले उत्पादन हुनु अघि नै सोच्नु पर्छ ।

 डिपिआर नै नभएका आयोजनामा पैसा छुट्टाए बजेट खर्च नहुने र रोजगारी पनि सिर्जना गर्न नसक्ने देखिन्छ । त्यसैले आगामी बजेटमा सरकारले सांसद बिकास कोष जस्ता  प्रतिफल दिन नसक्ने योजनामा बजेट नछुट्याई  स्थानिय स्तरमा रोजगारी सिर्जना गर्न सक्ने साना उद्योग स्थापना र  रोजगारी सिर्जना गर्ने खालका आयोजना निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ ।

बाजुरामा उत्पादित स्याउ धनगढी सम्म आउँदा त्यसको ढुवानी खर्चका कारण चिनबाट ल्याएको स्याउभन्दा महँगो हुन्छ । त्यसैले  द्रुतगतिका सडक  निर्माणसँगै १२ महिना चल्ने सकड निर्माण गर्न सकियो भने ग्रामिण भेगमा उत्पादन भएका बस्तु सस्तोमै बजारसम्म आउन सक्छन् । कार्यकर्ता भर्ना गर्ने भन्दा पनि  उत्पादन र त्यसको प्रशोधन केन्द्रका  साथै उत्पादित बस्तुको उद्योग खोल्न सक्नु पर्छ ।

कृषि क्षेत्रले मात्रै विदेशबाट आएका सबै युवा खपत गर्न सक्दैन । कृषिजन्य बस्तुको उत्पादन र सोहि बस्तु संवद्ध उद्योग खोल्न सकियो भने मात्रै  युवा शक्ति देशमै अड्याउन सकिन्छ। साथै सरकारले विदेशबाट आएकाहरुसँग के कस्तो सिप छ  भनेर एक अध्ययन गरि एकै खालका सिप भएका ब्यक्तिहरुलाई सहकारिमा राखेर सस्तोमा जग्गा, भन्सार छुटमा पार्टपुर्जाको आयात र बजारको सुनिश्चीतता गर्न सके यो महामारीका कारण भित्रिएका युवाबाट देशको आर्थिक समृद्धि पनि संभव हुनेछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...