2077 जेष्ठ 22 बिहीबार

सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई कारवाही

  |      12:50:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई कारवाही

काठमाडौ । नेपाली सेनाले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई कारवाही  गरेको छ । सेनाले आज शुुक्रबार बसेको समरी जनरल सैनिक अदालतबाट सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका तीन जना सैनिक अधिकृत तथा दुई जना अन्य दर्जाहरुलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको जानकारी दिएको छ ।

सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित सैनिक आवासिय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको मिति २०७६।११।२३ गतेको राय सहितको प्रतिबेदनको आधारमा तत्कालिन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा मिति २०७६।१२।०६ गते गठित समरी जनरल सैनिक अदालतबाट देहाय बमोजिम गर्ने गरी मिति २०७७।०२।०६ गते भएको फैसला आज मिति २०७७।०२।०९ गते सम्बन्धितहरुलाई सुनाइएको छ ।

महा सेनानी भुपालमान अधिकारीले सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई सैनिक ऐन, द्दण्टघ को दफा द्धढ को खण्ड (क), दफा छद्द को खण्ड (ट) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा ज्ञण्ज्ञ को उपदफा (ज्ञ) खण्ड (ग) र (घ) बमोजिम द्द (दुई) महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउने । 

साथै निजले गैरकानूनी रुपमा आर्थिक उपार्जन गरी लिएर खाएको ठहरिन आएको विगो रकम एक करोड ८५ लाख ४० हजार एक सय आठ रुपैया ११ पैसा असुल उपर गर्ने निर्णय गरेको छ ।
प्रमुख सेनानी देव बहादुर क्षेत्रीले आर्थिक अनियमितता गरी सैनिक ऐन २०६३ को दफा ४९ खण्ड  को खण्ड (क), दफा ५२ को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा एक सय १ उपदफा (ज्ञ) खण्ड (च) बमोजिम दुई बर्ष बढुवा रोक्का गर्ने र निजबाट रकम चार लाख ४० रुपैयाँ असुल उपर गर्ने निर्णय समेत गरेको छ । यसैगरी हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरी सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा एक सय १ को उपदफा (ज्ञ) को खण्ड (घ) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरीने गरी सेवाबाट हटाउने र साथै निजबाट रकम तीन लाख ६० हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।


यसैगरी हुद्धा गणेश बहादुर अधिकारीले आर्थिक अनियमितता गरी सैनिक ऐन, २०६३ को दफा ५२ खण्ड को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा एक सय एक को उपदफा (ज्ञ) खण्ड (झ) बमोजिम दुई बर्ष तलव वृद्धी (ग्रेड) रोक्का गर्ने र साथै निजले हिनामिना गरेको रकम १० हजार रुपैयाँ असुल उपर गर्ने निर्णय गरेको छ । लेखा आ.सहसेनानी सुरेन्द्र विक्रम भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरी नगराई सैनिक ऐन, २०६३ को दफा ५२ खण्ड  को खण्ड (क), दफा एक सय १ को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा ज्ञण्ज्ञ को उपदफा (ज्ञ) को खण्ड (ञ) बमोजिम नसिहत दिने निर्णय भएको छ । 


साथै सोही मुद्धामा अन्य १३ जनाले अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको सेनाले जनाएको छ । नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित सांगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको । साथै, नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउनेको कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलता (श्भचय त्यभिचबलअभ) को नीति लिएको ब्यहोरा समेत जानकारी   दिएको छ । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...