2077 जेष्ठ 22 बिहीबार

सरकारको राजस्व र खर्च बिच ठूलो भ्वाङ, यस्तो आम्दानीले कर्मचारीको तलब बाड्नै कठिन

  |      12:20:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
सरकारको राजस्व र खर्च बिच ठूलो भ्वाङ, यस्तो आम्दानीले कर्मचारीको तलब बाड्नै कठिन

काठमाडौं,जेठ ४ । लकडाउन सुरु भएपछि ब्यापार व्यवसाय ठप्प भएका छन् । व्यवसाय ठप्प भएकाले राज्यको राजस्व उठ्न सकेको छैन । राजस्वको तुलनमा खर्च अत्यधिक बढि छ । यसरी खर्च बढ्दै गए भोलिका दिनमा कर्मचारीको तलब र भत्ता खुवाउनै कठिन् हुने देखिएको छ ।

 

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत बिहिबार सम्ममा ६ खर्ब आठ अर्ब राजस्व संकलन भएको छ ।  सरकारले यस वर्ष ११ खर्ब १२ अर्ब राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । यसरी हेर्दा अहिलेसम्म सरकारले लक्ष्यको जम्मा ५४ दशमलव ६४ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको देखिन्छ ।

 

 अब सरकारसँग राजस्व असुलिका लागि जम्मा ५५ दिन मात्रै छन् । यि ५५ दिनमा सरकारले लक्ष्य अनुरुप  राजस्व असुल गर्ने कुनै छाटकाट देखिएको छैन । बरु सरकारको खर्च भने दैनिक निरन्तर रुपमा बढ्दै गएको छ । जसका कारण नै राजस्व र चालु खर्च बिचको अन्तर ठूलो हुँदै गएको छ। 

 

राजस्वको तुलनामा चालु खर्च अर्थात  प्रशासनिक खर्च बढि भए त्यसलाई राजस्व खाता घाटा भनिन्छ । सरकार अहिले राजस्व खाता घाटा उन्मुख हुँदै गएको देखिन्छ । किनकी लकडाउन अघि राजस्व खाता १ खर्ब भन्दा बढिले बचत रहेकोमा अहिले त्यो खुम्चीएर ३४ अर्बमा सिमित भएको छ ।

 

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत बिहिबार सरकारले जम्मा ४९ करोड मात्रै राजस्व स्रंकलन गर्याे । तर खर्च भने सोहि दिनमा २ अर्ब ४५ करोडले बढेको  थियो । यसरी हेर्दा  सरकारको आम्दानीभन्दा खर्च बढि भएको देखिन्छ ।

 

कोरोना संक्रमण बढेका कारण खर्च गर्ने ठाउँ बढेका छन् । जसले पनि चालु खर्च बढाएको छ ।

 

सरकारी ढुकुटी अहिले बजेटमा समावेश कार्यक्रमबाहेक कोरोना भाइरसको संक्रमण रोकथाममा खर्च भइरहेको छ । संक्रमण परीक्षणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भत्ता शतप्रतिशतसम्म बढाइएको छ । 

 

सामान्यतः राजस्वले चालु खर्च धान्नैपर्छ । तर सरकारले अनावश्यक कार्यक्रममा खर्च कटौती नगरेकाले यसपालि राजस्वले चालु खर्च धान्ने देखिंदैन । खर्च कटौतीमा बेवास्ताले सरकार आर्थिक संकटमा फस्न लागेको जानकारहरु बताउँछन् ।

अर्थविद्हरु सरकारले अब अर्थव्यवस्था थेग्नका लागि मात्रै पनि अप्रिय निर्णय गर्नुपर्ने बताउँछन् । सरकारको राजस्व भन्दा चालु खर्च बढ्ने हो भने भोलिका दिनमा कर्मचारीलाई बाड्ने तलब नै नहुन सक्छ ।

 

 मुलक बिकास निर्माणका लागि बैदेशिक ऋण तथा सहायतामा भर परेपनि चालु खर्चका लागि बिदेशी ऋणमा भर पर्नु राम्रंो होइन । अन्य मुलुकपनि संकटथमा परेकाले बिदेशी ऋण पनि अत्यन्त कम मात्रै जुट्छ ।

 

त्यसैले  सरकारले कर्मचारी कटौति जस्ता अप्रिय निर्णय गर्नुपर्ने अर्थविद्हरुले बताइरहेका छन् । तर सरकारले अहिलेसम्म यस्तो खालको बोल्ड निर्णय गर्न सक्ने छाटकाट भने देखिदैन ।

कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढिरहेकाले लकडाउन कहिलेसम्म लम्बिन्छ र आर्थिक गतिविधि कहिलेसम्म रोकिन्छ भन्ने केहि निश्चीत छैन । त्यसैले सरकारले मितब्ययी बनेर अर्थतन्त्र धान्नु जरुरी छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...