2076 माघ 07 मंगलवार

सर्वोच्चद्वारा गोकर्ण फरेस्टको अवधि बढाउनुको लिखित कारण माग

  |      20:58:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
सर्वोच्चद्वारा गोकर्ण फरेस्टको अवधि बढाउनुको लिखित कारण माग

काठमाडौं पुस, २९–  सर्वोच्च अदालतले यति होल्डिङस प्रालिअन्तर्गतको गोकर्ण फरेस्ट रिसोर्ट प्रालिको भाडा अवधि समाप्त नहुँदै अवधि बढाउने निर्णय गर्नुको लिखित कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज उक्त रिसोर्टको भाडाको अवधि बाँकी हुँदाहुँदै समयावधि बढाउनुका कारणबारे १५ दिनभित्र लिखित जवाफ माग गरेको हो ।

अदालतले नेपाल ट्रस्ट र प्रधानमन्त्री कार्यालयसँग लिखित जवाफ माग गरेको हो । अधिवक्ता विष्णु लुइँटेलले यही पुस २५ गते मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा रिसोर्टको भाडा अवधि छ वर्ष बाँकी हुँदै पुनः २५ वर्षका लागि बढाउनु कानून विपरीत भएको उल्लेख छ ।

निवेदनमा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ ले सार्वजनिक निकायले ठेक्का भाडामा दिँदा सार्वजनिक सूचना गरी सार्वजनिक गरी प्रतिस्पर्धा गराएर मात्र भाडामा दिनुपर्ने व्यवस्था भएको तर सरकारले त्यसको बेवास्ता नगरेको उल्लेख छ ।

उक्त रिसोर्ट रहेको तत्कालीन राजा वीरेन्द्रको सम्पत्ति भई हाल नेपाल ट्रस्टमा भएको हुनाले नेपाल ट्रस्ट ऐन २०६४ र नेपाल ट्रस्ट नियमावली २०६५ ले शिक्षा, स्वास्थ्य र प्राज्ञिक क्षेत्रमा मात्र ट्रस्टको सम्पत्तिको प्रयोग गर्ने भन्ने कानूनी व्यवस्था छ तर होटल, रिसोर्ट, लज सञ्चालन गर्ने कानूनी व्यवस्था नभएको निवेदनमा छ ।

कानून विपरीत सार्वजनिक प्रतिस्पर्धा नै नगरी दिएको गोप्य रुपमा भाडा अवधि समाप्त नहँुदै दिएको उल्लेख छ ।

सो रिसोर्ट रहेको ठाउँमा जङ्गल रहेको र जङ्गलमा हरिण, मृग, कालीजलगायत जङ्गली जनावरको बस्ने स्थानमा होटल, रिसोर्ट र मानवीय व्यवहार सञ्चालन गर्दा जीवजन्तुलाई असर पर्ने निवेदनमा उल्लेख छ ।

सरकारले ४७ कोठाको नयाँ भवन निर्माण र अर्को ४०० मान्छे बस्ने मिल्ने सभाहल बनाउन दिँदा जङ्गल मासिने र जङ्गलका रूख काट्नु पर्नाले गर्दा जनावरलाई असर परी वातावरणमा समेत असर पर्ने भएको सरकारको सो निर्णय कार्यान्वयन नगर्न आदेशको माग रिट निवेदनमा गरिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...