2077 श्रावण 30 शुक्रबार

ओपो ईन्नो डेको उद्घाटन समारोहमार्फत ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

  |      14:13:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
ओपो ईन्नो डेको उद्घाटन समारोहमार्फत ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

काठमाडौ, मंसिर १९ । ओपोले डिसेम्बर १० का दिन चीनको शनुचन्मा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ ।

‘क्रिएट बियोन्ड बाउन्ड्रिज’ सिद्धान्त अन्तरगत आयोजित हुने ओपो डेले फाइभजी यूगमा अत्याधुनिक प्रविधि र सेवाहरुको ब्यापक तथा गहन एकिकरणका बारेमा प्रकास पार्ने प्रयत्न गर्ने छ ।

फाइभजी, एआई, क्लाउड, बिग डाटा लगायत अन्य अत्याधुनिक प्रविधिको तिब्र बिकास तथा समायोजनले उद्योगलाई नै नयाँ आयाम दिने तिब्र सम्भावना रहेको अवस्थामा कार्यक्रमले औद्योगिक क्षेत्रका विशेषज्ञहरुका साथमा प्रविधिको भविस्य पनि केलाउने प्रयत्न गर्ने जानकारी दिइएको छ ।
पछिल्लो बर्ष ओपोले आन्तरिकरुपमा प्राविधिक प्रदर्शनीको आयोजना गर्दै आफ्नो आरएण्डी क्षमता र विभिन्न क्षेत्रमा प्राप्त अन्वेशणका बारेमा जानकारी दिएको थियो । सोही कार्यक्रममा विभिन्न उद्योगका विशेषज्ञहरुका साथमा मोबाइल उपकरणमा भित्रिने सम्भावित नयाँ प्रविधि लगायतका बारेमा गहन अन्तरक्रियापनि आयोजना गरेको थियो ।


पछिल्लो बर्ष आयोजित सो कार्यक्रमबाट उत्प्रेरित हुँदै आपो ईन्नोडे, यस पटक वैश्विक मिडिया, बिश्लेषक, औद्योगिक पार्टनर्स लगायत सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ ।

यस बर्षको कार्यक्रममा ओपोले फाइभजी, एआर र आईओटी लगायत कञ्जसमर टेक्नोलोजिज्का क्षेत्रमा हात पारेका आफ्ना नौला अवधारणा तथा उपलब्धी प्रस्तुत गर्नेछ ।

कार्यक्रमले कम्पनीका प्रमुख औद्योगिक पार्टनर्सलाई प्रविधिको भविस्यका बारेमा आफ्ना धारणा प्रस्तुत गर्न मञ्चपनि प्रदान गर्ने छ । 


ओपो ईन्नो डेले उद्योगका विशेषज्ञहरु, पार्टनर्सहरु र अपिनियन लिडर्सहरु लाई आमन्त्रित गर्दै फाइभजीले ल्याउने ब्यापक परिवर्तन माथि प्रकाश पार्ने प्रयास पनि गर्नेछ ।

साथै, यो नवप्रबर्र्तनात्मक प्रदर्शनीले ओपोको अत्याधुनिक प्रविधिहरुको एकिकृत ईको सिस्टमका बारेमा ब्यापक प्रकास पार्दै विभिन्न प्रयोगका अवस्थाहरुमा तिनका उपयोगिताका बारेमा थप जानकारी प्रस्तुत गरिने छ । 


ईन्टेलिजेन्ट कनेक्टिभिटीको भविस्यका बारेमा थप जानकारीका लागि आयोजना हुने उक्त सम्मेलन डिसेम्बर १० का दिन देखि सञ्चालन हुनेछ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...