2077 श्रावण 30 शुक्रबार

‘इन्काउन्टर’को ‘बारूली बारूली’ सार्वजनिक

  |      14:30:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
‘इन्काउन्टर’को ‘बारूली बारूली’ सार्वजनिक

काठमाडौ, पुस २५ । नेपाली कथानक चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली’ सार्वजनिक गरिएको छ ।  काठमाडौंको अनामनगरस्थित पाना क्याफेमा बिहीबार आयोजित समारोहमा आइटम गीत बारूली बारूली सार्वजनिक गरिएको हो । 

गीत ओएसआर डिजिटलबाट वल्र्डवाइड रिलिज गरिएको छ । समारोहमा प्रमुख अतिथि अग्रज पत्रकार ऋषि धमलाले औपचारिक रूपमा गीत रिलिज गरेका हुन् । कार्यक्रममा पत्रकार धमलाले भ्रष्टाचारीहरूलाई कानूनी दायरामा ल्याउन प्रेरित गर्ने सन्देशसहितको फिल्म निर्माण गर्न निर्माताहरूलाई आग्रह गरेका छन् ।

 ‘इन्टाउन्टर चलचित्रले दर्शकको मन जित्न सफल हुने मेरो विश्वास छ, नेपाली सिने जगतमा यो फिल्मले नयाँ सन्देश र नयाँ मानक स्थापित गर्छ भन्ने मेरो आशा र बिश्वास हो,’ धमलाले भने ।फिल्मका कार्यकारी निर्माता कुमारप्रसाद ओझाले फिल्म इन्काउन्टर नेपाली चलचित्र क्षेत्रका लागि नयाँ प्रयोग हुने बताउँदै नवीनतम् सन्देश र संकल्पसहितको फिल्म निर्माणमा आफ्नो टिम लागेको उल्लेख गरे ।

‘आमा फिल्मपछि नेपाली चलचित्र उद्योगमा कयौं फिल्म बने, हजारौं कथाहरू लेखिए, तर पृथक फिल्म निर्माण गर्न नसकेको आरोपबाट इन्डस्ट्री मुक्त भएन,’ ओझाले भने, ‘त्यही गुनासो सम्बोधन गर्नकै लागि हामीले इन्काउन्टर फिल्म निर्माण गरेका हौं ।’

आइटम गीतमा सूर्यकमल राईको संगीत रहेको छ भने शब्द लेखन नारायण नेपालको रहेको छ । कार्यक्रममा चर्चित अधिवक्ता स्वागत नेपालले फिल्म ‘इन्काउन्टर’को सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । उनले राष्ट्रियताका सवालमा यो चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार ब्यक्त गरे । कलाकार विपना बस्नेत, सहनिर्माता दिनेश खड्का, कलाकार राजन गुरुङ लगायतले फिल्मका विविध पक्षको समीक्षा गरेका थिए । 

गीतमा मीना निरौलाको स्वर रहेको छ । फिल्मको लेखन तथा निर्देशन नरेन्द्र भट्टराई (एनबी अञ्जान) ले गरेका हुन् । चलचित्रमा सह निर्माता कविभक्त क्षेत्री र देवराज प्रसाई रहेका छन । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...