2077 श्रावण 31 शनिबार

प्रदेश ३ को राजधानी हेटौंडा नै बनाउने प्रस्ताव दुई तिहाइले पारित

  |      12:41:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
प्रदेश ३ को राजधानी हेटौंडा नै बनाउने प्रस्ताव दुई तिहाइले पारित

काठमाडौँ । प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरको हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे ।

प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ । १ सय १० सदस्य रहेको प्रदेशसभामामतदानका लागि१ सय ८ जना मात्रै सहभागी थिए।यसअघि हेटौंडा प्रदेश ३ को अस्थायी राजधानी थियो।

हेटौंडालाई स्थायी प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव मुख्यमन्त्री एवं नेकपा नेता पौडेलले शनिबार प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए। उक्त प्रस्तावका समर्थकहरुमा कांग्रेस सांसद इन्द्र बानियाँ, राप्रपा, राप्रपा संयुक्त लगायत ६ दलका सांसद थिए।

राजधानी तोकिएसँगै प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। आजैको दोस्रो बैठकबाट प्रदेश नाम पनि तोकिँदै छ। नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने प्रदेशसभालाई निर्देशनात्मक सुझाव दिएको थियो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...