2077 श्रावण 31 शनिबार

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

  |      14:36:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु


काठमाडौं, पुस २८ । कपिलवस्तु, धनुषा, पाल्पा र रामेछापका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका ७ धरमपनियास्थित सडकमा लु.१ ख ६९१३ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार रुपन्देही रोहणी गाउँपालिका ५ बस्ने ३५ वर्षीया प्रमोवती पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनुषाको नगराईन नगरपालिका २ जटही अस्पतालस्थित सडकमा ज.३ प ८८४७ नम्बरको मोटरसाइकलको चेनमा साडी फसेर आइतबार साँझ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका ४ शान्तीनगर बस्ने ५५ वर्षीया माध्यमी देवी ठाकुरको मृत्यु भएको  छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी ठाकुरको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको रहेको छ ।  

पाल्पाको तिनाउ गाउँपालिका ४ लोच्चगोठमा लु.२ त ७२५७ नम्बरको ट्याक्टर सडकबाट करिब ७ मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक नवलपरासी पश्चिम तिलकपुर ५ बस्ने ३२ वर्षीय पुस्पराज थारुको घटनास्थलमै मृत्यु भएको छ । 

रामेछापको मन्थली नगरपालिका ११ भट्टारस्थित सडकमा आइतबार साँझ ज.१ त ९०७५ नम्बरको गुडिरहेको ट्याक्टरबाट खसेर गम्भीर घइते भएका ट्याक्टरमा सवार सोही नगरपालिका नाटिला बस्ने ६४ वर्षीय  रिपु लामिछाने मगरको तामाकोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।   


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...