2076 माघ 07 मंगलवार

एभरेष्ट बैंकमा बीके हाबी
२० वर्षदेखि बैंकको स्रोत र साधन कब्जा गरी मनपरी निर्णय

  |      15:01:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
एभरेष्ट बैंकमा बीके हाबी

काठमाडौं । भारतको पञ्जाब नेशनल बैंकको समेतको प्रमुुख सेयर साझेदारी रहेको एभरेष्ट बैंकको सञ्चालक समितिका अध्यक्ष बीके श्रेष्ठ हुुन् । नेपाली बैंकिङ क्षेत्रमा एभरेष्टले सन् १९९४ देखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । एभरेष्ट बैंकको संस्थापक अध्यक्ष मैत्रदेव पाठक हुुन् । पाठकले झन्डै सात वर्ष एभरेष्ट बैंकको अध्यक्षको रूपमा काम गरे । 

त्यसपछि अनेकौं तिकडम गरे बीके श्रेष्ठले पाठकलाई एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट हटाए । त्यसपछि अहिलेसम्म पनि एभरेष्ट बैंकको अध्यक्षको रूपमा उनै ९१ वर्षीय बीके श्रेष्ठ रहेका छन् । जसले विगत २० वर्षदेखि एभरेष्ट बैंकलाई एकल निर्णय व्यक्तिगत स्वार्थमा केन्द्रित रहेर सञ्चालन गर्दै आएका छन् । 

यसका लागि श्रेष्ठले बैंकको सञ्चालन एवं व्यवस्थापनको प्रमुुख व्यक्तिहरूमा आफू निकटका व्यक्तिहरूको राखेका छन् । सोही कारण पनि एभरेष्टमा श्रेष्ठले विगत २० वर्षदेखि आफ्नो हैकम चलाउँदै दबदबा कायम गर्न सफल भएका छन् । बीके श्रेष्ठको एभरेष्ट बैंकमा रहेको दबदबाप्रति नेपाल राष्ट्र बैंकको उच्च अधिकारीहरूको पनि मौन समर्थन रहेको छ ।

नेपालबाट जति पनि अवैध रूपमा मुुद्राको कारोबार हुुन्छ, त्यो सबै एभरेष्ट बैंकमार्फत हुुने गरेको हल्ला चले पनि नेपाल राष्ट्र बैंकले भारतको पञ्जाब नेशनल बैंकको साझेदारी श्रेष्ठको दबाबका कारण अहिलेसम्म पनि एभरेष्ट बैंकलाई कुुनै कारबाही गर्न सकेको छैन । चालुु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैकले बैंक सञ्चालक र अध्यक्षका लागि उमेर हद तोके पनि अदालतको आदेशको कारण उक्त नीति कार्यान्वयनमा नआएपछि ९१ वर्षे श्रेष्ठ अहिले पनि एभरेष्ट बैंकमा अध्यक्ष पदमा रहेका छन् । 


यसरी निकै पाको उमेर भइसक्दा पनि श्रेष्ठ एभरेष्टमा अध्यक्षकै रूपमा रहनुुको प्रमुुख कारण आफ्ना निहित स्वार्थहरू पूरा गर्नुु नै भएको दाबी स्रोतले गरेको छ । एभरेष्ट बैंकमा पञ्जाब नेसनलको २० दशमलव तीन प्रतिशत अर्थात् एक करोड ६० लाख ८१ हजार दुुई सय ६९ कित्ता सेयर लगानी रहेको छ ।

बैंकमा सर्वसाधारण सेयरधनी समूहको ३० दशमलव ७८ प्रतिशत अर्थात् दुुई करोड ४७ लाख ११ हजार पाँच सय तीन कित्ता सेयर लगानी रहेको छ । यसबाहेक बाँकी ४१ दशमलव १९ प्रतिशत सेयर बीके श्रेष्ठ र श्रेष्ठअन्तर्गतका विभिन्न व्यक्तिहरूको रहेको छ । सोही आधारमा पनि श्रेष्ठले बैंकलाई एकलौटी रूपमा आफ्नो स्वार्थ पूरा गर्ने गरी चलाउँदै आएका छन् । 

बीके श्रेष्ठसँग रहेको कुुल ४१ प्रतिशत सेयरमध्ये श्रेष्ठ स्वयंको नाउँमा नौ दशमलव १८ प्रतिशत अर्थात् ७३ लाख ७२ हजार चार सय एक कित्ता सेयर स्वामित्व रहेको छ । यसैगरी श्रेष्ठ नै सञ्चालक रहेको होटल स्नो लियोन प्रालिको नाउँमा नौ दशमलव ३१ प्रतिशत अर्थात् ७४ लाख ७२ हजार एक सय ९१ कित्ता सेयर स्वामित्व रहेको छ ।

बीके श्रेष्ठकै दाइ नेपालकृष्ण श्रेष्ठको नाउँमा सात दशमलव ९१ प्रतिशत अर्थात् ६३ लाख ४५ हजार सात सय ६४ कित्ता सेयर स्वामित्व रहेको छ ।  बीके श्रेष्ठकै छोरी प्रतिमा श्रेष्ठको नाउँमा पनि एभरेष्ट बैंकमा पाँच दशमलव ९० प्रतिशत अर्थात् ४७ लाख ३२ हाजार सात सय ४२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यसबाहेक बैंकका संस्थापक अध्यक्ष मैत्रदेव पाठकका छोरी शान्तदेव पाठकको नाउँमा छ दशमलव ३५ प्रतिशत अर्थात् ५० लाख ९६ हजार छ सय आठ कित्ता सेयर स्वामित्व रहेको छ भने बीके श्रेष्ठ निकट राधा श्रेष्ठको नाउँमा पनि छ दशमलव ५८ प्रतिशत अर्थात् ५२ लाख ७७ हजार सात सय ५० कित्ता सेयर स्वामित्व रहेको छ । 

यी सबै व्यक्तिहरू श्रेष्ठ निकट हुुन् अर्थात् श्रेष्ठकै निर्देशनमा चल्ने व्यक्तिहरू हुुन् । सोही कारण श्रेष्ठले यी सबै व्यक्तिहरूको साथ र सहयोगबाट बैंकलाई एकलौटी ढंगबाट चलाउँदै आएका छन् भने बैंकको स्रोत र साधनको चरम रूपमा दुुरुपयोग गर्दै आएका छन् । तर एभरेष्ट बैंकमा देखिएको यी सबै बेथितिको विषयमा नियमनकारी निकाय नेपाल राष्ट्र बैंक मौन भएर बसेको छ । यो समाचार आजको अमृतबजार साप्ताहिकमा छापिएको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...