2076 माघ 07 मंगलवार

‘राजपा सरकारमा आउन सक्छ’

  |      15:25:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
‘राजपा सरकारमा आउन सक्छ’

नेकपाको आन्तरिक जीवनले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्छ । बहुप्रतीक्षित केन्द्रीय कमिटी बैठक बस्नेबित्तिकै सर्नुपर्ने कारण के हो ? 

तयारी राम्रो हुन सकेन । स्थायी समितिको बैठक बस्दा धेरै साथीले राम्रा राम्रा सुझाव दिनु भएको थियो । सरकारको समीक्षा पनि गर्नुभएको थियो । त्यो बेला पनि बैठक भ्याइँदैन कि भन्ने थियो । त्यो सुझावलाई पनि प्रशोधन गर्न ७ दिन जति लाग्थ्यो । 


डेढ वर्षमा पहिलोपटक बस्ने कुरा थियो । आन्तरिक भागबन्डाले प्रभाव पारेन ? भागबन्डा भन्नाले सभामुख, अर्थमन्त्रीलगायतका विषयमा । 


केन्द्रीय समितिको बैठकले भागबन्डामा प्रभाव पार्दैन । जहाँसम्म सभामुख बनाउने भन्ने विषय केन्द्रीय समितिमा नलैजाँदा पनि हुन्छ । सभाुमख बनाउने भनेको संसद्ले हो । संसद्मै नेकपाको विङ्सले काम गरिहाल्छ । यो बहसको विषय पनि होइन । दुई अध्यक्षबीच सहमति भएपछि सभामुख फाइनल हुन्छ । केन्द्रीय समितिको बैठकमा यी अरू कुराहरू पनि प्रभाव पर्छ । राष्ट्रिय सभाको चुनावको तयारी पनि आवश्यक छ । केन्द्रीय समितिको बैठक बस्नुपर्छ र बस्छ । यो नियमित हिसाबले चलेको छ । 


दुई अध्यक्षबीच सहमति हुनचाहिँ अब के बाँकी छ त ? 


निर्णय रहन बाँकी हो । कसका नाममा सहमति हुन्छ त्यो अहिले भन्न सकिन्न । पार्टी एकीकरणका बेला दुई जना अध्यक्षबीच भएको सहमतिको आधारमा हामीले सभामुख चयन गर्नुस् भनेका छौं । सभामुख चयन गर्दा संसद्मै भएका साथीहरूले पनि सक्छन् । राज्यका महत्वपूर्ण पदहरूमा सहमति भएको थियो, त्यहीअनुसार सापोनापो मिलाएर राज्य, पार्टी, नियुक्तिमा समान प्रकारको हैसियतको अभिव्यक्ति हुने गरी गर्नुपर्छ । 


तत्कालीन माओवादीको भागमा सभामुख परेको थियो हैन ? 


हिजो पार्टी एकता नहुँदा भागबन्डाको कुरा थियो । अहिले पार्टी एकीकरण भएपछि सभामुख माओवादीको भाग भन्न सकिन्न । सभामुखमा महरा दुर्घटनामा पर्नुभएको छ । दुई कुरालाई ख्याल गरेर गर्नुपर्छ । क्षमता, योग्यता, सिनियरटी हेर्नुपर्छ । 


उपसभामुखलाई सभामुख बनाउन किन यस्तो कञ्जुस्याइ“ ? किन यस्तो विभेद ? 


उपसभामुख पनि योग्य व्यक्ति हुनुहुन्छ । उहाँलाई सभामुख बन्न सक्नुहुन्न भनिएको छैन । तर सभामुख उपसभामुखमा प्रमोसन हुने पद होइन । उहाँले पनि सभामुख हुन राजीनामा दिएर फेरि लामो प्रक्रिया पार गर्नुपर्छ । कार्य व्यवस्था परामर्श समिति हुँदै जाने हो । संविधानमा पनि यही व्यवस्था छ । 


समाजवादी पार्टीले सरकार छाडेपछि एकमना बहुमतको सरकार छ । फेरि दुई तिहाइ बनाउने प्रयास भइरहेको छ कि छैन ?


हामीसँग कम्फर्टेबल बहुमत छ । बलियो अवस्थामा छौं । केही संविधान संशोधनका लागि दुई तिहाइ आवश्यक पर्छ । अहिले आजै दुई तिहाइ चाहिएको छैन । चाहिएको बेला सहमति गर्छौं । राजपासँग राजनीतिक आवश्यकता भएकाले सम्झौता ग¥यौं । यो चुनावी तालमेल हो । सरकारका लागि पनि आवश्यक प¥यो भने कुनै पनि दलसँग संवाद गर्छौं । संवाद भइरहेको छ । फरक दलको सभामुख, उपसभामुख चाहिन्छ । फरक दलको प्रतिनिधित्व आवश्यक हुन्छ । कुराकानी भइरहेको छ । 


राजपा सरकारमा आउँदैछ भन्ने बुझ्नुप¥यो हैन ? 


सम्भावना छ । संशोधनको मुद्दा उहाँहरूले उठाउनुभएको छ । साँच्चिकै आवश्यकता भयो भने संशोधनका लागि हामी पनि तयार छौं । 


तत्कालीन माओवादीले संशोधनका लागि प्रतिबद्धता जनाएको त थियो नी ? 


नामांकन र सीमांकनका लागि हामीले प्रतिबद्धता जनाएका हौं । त्यो काम अहिले प्रदेशसभालाई दिएका छौं । 


भनेपछि माओवादीले आफ्ना सबै एजेन्डा पार्टी एकीकरणसँगै परित्याग गरेको हो ? 


होइन । हामीले नामांकन र सीमांकनमा रिजर्भेसन राखेका थियौं । त्यो जिम्मेवारी प्रदेशसभालाई दिँदा बढी लोकतान्त्रिक हुने देखियो । त्यसको निमित्त संविधान संशोधन गर्नुपर्छ भने आवश्यकता हेरेर गर्छौं । तर यसका लागि यो त भन्न सक्नुपर्छ नि, कि यो धाराले यो समुदायलाई यसरी अपमान, विभेद गरेको छ भन्ने कुरा । त्यो नभन्ने अनि एकोहोरो संविधान संशोधनको कुरा गरेर मात्रै हुन्छ त ? 


समाजवादीलाई संविधान संशोधन गरिदिन्छौं भनेर ल्याउनु भयो । गर्नुभएन । अब फेरि राजपालाई पनि यस्तै उधारो आश्वासन दिएर सरकारमा ल्याउने हो ? 


समाजवादीले कहिले पनि संविधान संशोधन गर्नुपर्छ भनेर कुनै प्रस्ताव नै पेस गरेन । यो धारा, यो उपधारा भनेर तोकेर कहिले पनि केही भन्नुभएन । सीमांकन र नामांकनको विषय पार्टीले भन्दा पनि प्रदेशसभाले भन्नुपर्छ । हाम्रो संविधानको भावना पनि त्यही हो । 


मधेसवादी दलहरूले संविधान संशोधन गरौं भन्छन् फरक एजेन्डामा । नेकपामा पनि संविधान संशोधन गरौं तर राष्ट्रिय सभाका सदस्यले पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गरौं भनिएको छ । मिल्यो ? 


यो कुरा मूर्त रूपमा उठेको होइन । वामदेव गौतमले पनि यो प्रस्ताव गर्नुभएको होइन । उहाँको इच्छा मात्रै हो । उहाँलाई अरूले तपाईंको अब पालो है भनिदिएका कारण उहाँलाई रहर लागेको हो । 


स्थायी कमिटीलाई सरकारको काम मन परेको छैन । जनताले चाहिँ मन पराइदिइरहनुपर्ने हो ? 


काम त भएकै छ । केही नभएका कुरामा गुनासो पनि छ । आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशत पुगेको छ । व्यापार घाटा कम भएको छ । भौतिक पूर्वाधारका काम भएका छन् । रियलमै काम भएको छ । डाटामा मात्रै होइन । फास्ट ट्र्याक बन्दै छ । ठूला करिडोर भइरहेको छ । पोखरा भैरहवा एअरपोर्ट बनिरहेको छ । लोडसेडिङ अन्त्य भएको छ । 


सरकार त सिमित व्यापारीको हितमा लाग्यो भन्छन् नी ? 


दुई तिहाइको सरकारले तीव्र कडा ठूला काम गर्न सकोस् भन्ने चाहना हो । पुगेन भन्ने कुराचाहिँ हो । केही विधि, पद्धति, मिचेर गरिएको छैन । केही समय पर्खेको भए हुने थियो, अगाडि नै दिइयो भन्ने कुरा हो । कानुन मिचेर यस्तो नगरेको भए हुने थियो । 


आगामी छ वर्षपछि नेकपाको सरकार हुन्छ हुँदैन, अहिले नै लिजमा दिने कुरा सुहाउँदो भयो र ? 


कानुनमै ३० वर्षसमका लागि लिजमा दिन सकिन्थ्यो । सरकारले गरेको निर्णय बेठीक हुँदैन । त्यो लिज यतीले नदिँदा अरूले पनि पाउँथ्यो । यति ठूलो हल्ला गर्नेले अदालतमा किन रिट हाल्दैनन् ? 


मानिसहरूले यसलाई नीतिगत भ्रष्टाचार भनेका छन् नि ? 


मानिसहरूले आलोचना गर्न पाउँछन् । पर्यटन क्षेत्रमा राम्रो काम गरेको र उसैले चलाइरहेकालाई नै दिँदा राम्रो होला भनेर दिएको होला । अरूलाई दिँदा गाह्रो होला । भनेर यतीलाई दिएको हुन सक्छ । 


नेकपाभित्रै पनि यो कुरा उठेको छ । जनताले यो कुरा उठाउँदा गलत, नेकपाभित्र उठ्दा गलत मान्न त सकिन्न होला नि ?

 
नेकपामा समीक्षा हुने हो । त्यो समीक्षा हुन्छ । बालुवाटारको जमिनका विषयमा छानबिन भइरहेको छ । विष्णु पौडेलले कसैको निजी जग्गा किन्नु भएको हो । अरूले कसरी त्यो जग्गा हात पा¥यो त्यो उसको कुरा हो । तर विष्णु पौडेलले सरकारी जग्गा सोझै हात पारेको होइन ।

- देवेन्द्र  पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

साभार अमृतबजार साप्ताहिकबाट ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...