2077 श्रावण 31 शनिबार

ड्युटीमा खटिने जवानको मनोबल खस्कने काम नगर्न डीआईजी पोखरेलको निर्देशन

  |      15:37:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
ड्युटीमा खटिने जवानको मनोबल खस्कने काम नगर्न डीआईजी पोखरेलको निर्देशन

काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले मातहतका सबै इकाई प्रमुखलाई जवानसँगै बसेर खाना खान निर्देशन दिएको छ । हाल अधिकृत र जवानको छुट्टाछुट्टै मेस राखिँदै आएकामा एउटै मेस प्रयोग गर्न निर्देशन दिइएको हो ।

उपत्यकाको तीन जिल्ला हेर्ने आयुक्तको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले मातहतका सबै प्रहरी इकाई प्रमुखलाई बोलाएर १० दिनभित्र सुविधा सम्पन्न साझा मेस तयार गर्न निर्देशन दिए ।

उनले उत्कृष्ट मेस तयार गरेर आवश्यक सामग्री जुटाउने १० जना कार्यालय प्रमुख र लेखापाललाई पुरस्कृत गरिने पनि बताएका छन् । यसअघि पोखरेलले विभिन्न प्रहरी कार्यालयका जवानको मेस निरीक्षण गरेका थिए । त्यसपछि उनले यो निर्देशन दिएका हुन् ।

काठमाडौंको एक प्रहरी वृत्तका प्रमुख नायब उपरीक्षकका अनुसार पोखरेलले भान्छामा आवश्यक सबै किसिमको भाडाकुँडाको व्यवस्थापन साथै प्रहरी जवानबराबरकै थाल, कचौराको व्यवस्थापन गर्न पनि भनेका छन् ।

मेस सुधार कार्यक्रमले जवानको मेसमा भएको कमजोरी क्रमशः विस्तारै हट्दै जाने र सामूहिक भावनाको पनि विकास हुँदै जाने विश्वास पोखरेलको छ ।

मध्यराति वृत्त प्रमुख मेट्रोमा

रानीपोखरीको नेतृत्वमा आएपछि पोखरेलले हरेक दिन राति विभिन्न प्रहरी इकाईको निरीक्षण गर्दै आएका छन् । त्यसक्रममा मंगलबार लैनचौरमा एक सर्वसाधारणले महिला प्रहरी जवानलाई गालीगलौज गरेको पोखरेलले थाहा पाएका थिए ।

ती व्यक्तिलाई एक प्रहरी निरीक्षकले छुटाएको विषय राति जानकारी पाएपछि उनले सबै वृत्तका प्रमुखलाई रानीपोखरीमा बोलाएका थिए ।

त्यसक्रममा उनले ड्युटीमा खट्ने कुनै पनि अधिकृत, जवानको मनोबल खस्कने ढंगले जिम्मेवारीमा हस्तक्षेप नगर्न निर्देशन दिएको एक अधिकृतले बताए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...