2077 श्रावण 30 शुक्रबार

उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिँदा नेकपाको सभामुख पद नै खतरामाः प्रवक्ता श्रेष्ठ

  |      20:40:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिँदा नेकपाको सभामुख पद नै खतरामाः प्रवक्ता श्रेष्ठ

काठमाडौं पुस, २९– नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिए मात्रै सभामुख बन्ने बाटो खुला हुने बताएका छन् ।

प्रवक्ता श्रेष्ठले उपसभामुख तुम्बाहाम्फे शसक्त उम्मेदवार भएकाले पहिले उपसभामुख पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।  मंगलबार  प्रेस संगठन लमजुङले मदनआश्रित स्मृति भवन बेंसीसहरमा आयोजना गरेको  पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् ।  प्रवक्ता श्रेष्ठले भने, ‘सभामुख बन्न पनि तुम्बाहाम्फेले पहिले उपसभामुखबाट राजिनामा दिनुपर्छ ।’

उपसभामुखले पदबाट राजीनामा नदिँदा नेकपाको सभामुख पद नै खतरामा परेको उनको  भनाई रहेको छ । पार्टीबाट तुम्बाहाम्फे पनि शसक्त उम्मेदवार भएकाले पार्टीले छलफलबाट उनको माग सम्बोधन गर्ने नेता श्रेष्ठको भनाइ छ । 

सभामुख उहाँ नै बन्ने हो भने पनि पार्टीले पाउनुपर्ने बाटो त पहिले तयार हुनुपर्‍यो नि । मार्ग प्रशस्त हुनुपर्‍यो नि । यति कुरा त सबैले बुझ्नुपर्छ,’ उनले भने, ‘उहाँ नै सभामुख हुनुहोला । उपसभामुखले राजिनामा दिएपछि मात्रै हाम्रो पार्टीले सभामुख पाउने बाटो खुल्छ ।

त्यो बाटो खुलिसकेपछि हाम्रो पार्टीकोतर्फबाट उहाँ पनि सशक्त दाबेदार हो भन्ने थाहै छ । यसमा पार्टीले आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिन्छ ।’ सभामुख आफ्नो सबैभन्दा ठूलो पार्टीले नपाउने स्थिति सिर्जना गर्नु पार्टीको हित चाहने र लोकतान्त्रिक मर्यादा स्वीकार्य गर्ने कसैको लागि पनि उपयुक्त हुँदैन’ उनले भने । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...