2077 श्रावण 25 आईतवार

टिकटक स्टारको एक मिनेटमै २ लाख डलरसम्म कमाइ

  |      11:55:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
टिकटक स्टारको एक मिनेटमै २ लाख डलरसम्म कमाइ

एजेन्सी । लोकप्रिय टिकटक स्टारहरुले केबल ६० सेकेन्डको पोस्टबाटै २ लाख डलरसम्म कमाइ गर्ने गरेको र आगामी वर्ष प्रमुख ब्रान्डहरुसँग १० लाख डलरसम्मको शुल्क लिन सक्ने प्राविधिक विज्ञहरुले बताएका हुन् । करोडौँ फलोअर भएका चर्चित टिकटक सेलीब्रेटीहरुले ठुल्ठुला कम्पनीका ब्रान्डको प्रचार गर्नुले उनीहरुलाई विशेष रुपमा फाइदा पुग्ने बताइएको छ । 

अमेरिकी अनुसन्धान समुह ‘मर्निङ कन्सल्ट’ ले सञ्चालन गरेको रिसर्चका अनुसार ‘स्पन्सर’ गरिएका पोस्टका लागि टिकटकका चर्चित हस्तीहरुलाई प्रति फलोअर ०.००५ डलरसम्म तिर्नुपर्ने हुन्छ । यसरी ती पोस्टहरु १५ देखि ६० सेकेन्डसम्मका अत्यन्तै छोटा भिडियो भएपनि यसले टिकटक स्टारहरुलाई विश्वकै सबैभन्दा छिटो र धेरै कमाइ गर्ने सेलिब्रेटी बनाइदिने बताइएको छ । 

अहिले नै उनीहरुले प्रति पोस्ट २ लाख डलरसम्म कमाइ गरिरहेका छन् । यस्तोमा फलोअर बढ्दै जाँदा उनीहरुले विभिन्न ब्रान्डहरुसँग त्यो भन्दा धेरै शुल्क लिन सक्ने बताइएको छ । यसमा अनुसन्धानकर्ताहरुले तिनका फ्यान १९ करोड ४० लाख सम्म पुग्न सक्ने अनुमान गरेका छन् ।

यसको अर्थ ३ करोड फलोअर भएकी पेनिसिल्भेनियाकी १७ वर्षीया चर्चित टिकटक स्टार लोरेन ग्रेले एउटा पोस्टका लागि २ लाख डलर भन्दा धेरै लिन सक्नेछिन् । त्यस्तै १९ वर्षीया अर्की लोकप्रिय टिकटक सेलिब्रेटी आशिका भाटियाका पनि १ करोड ४५ लाख फलोअर छन् जसले उचित कम्पनीसँग सहकार्य गरेमा प्रति पोस्टको लाखौँ डलर कमाइ गर्न सक्ने बताइएको छ ।

‘मार्केटिङ एजेन्सी डिजिटस’ का स्ट्राटिजी पार्टनर जेम्स वाट्लेले द गार्जियनसँग भनेका छन्, “टिकटक वास्तवमै २०२० को डार्लिङ हो ।”   


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...