2076 चैत्र 17 सोमबार

मुलुकमा कम्युनिष्टीकरण, भ्रष्टीकरण र संविधान तोडमोड गर्ने काम मात्रै भयोः रामचन्द्र पौडेल

  |      18:54:00   |  

प्रयोजक :

15806254601210x100-NIC-super.gif
Corporate-benefit_1280x150Pixles.gif
  मुलुकमा कम्युनिष्टीकरण, भ्रष्टीकरण र संविधान तोडमोड गर्ने काम मात्रै भयोः रामचन्द्र पौडेल

काठमाडौं फागुन, १२– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले बहुमतको आडमा मुलुकलाई कम्युनिष्टीकरण, भ्रष्टीकरण र संविधान तोडमोड गर्नतिर लागेको आरोप लगाएका छन्  ।सोमबार काठमाडौंको अनामनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले  वर्तमान सरकारले बहुमतलाई लोकतन्त्रविरुद्ध उपयोग गर्न खोजेको बताएका हुन् । 

पौडेलले भने, ‘नेपालको एउटा कम्युनिस्ट धार ०४६  सालमा आफूलाई लोकतन्त्रकै ढाँचामा ढालेर बहुदलीय जनवाद भनेर लोकतान्त्रिक प्रक्रियालाई स्वीकार्ने बाटोतिर आयो । अहिले आएर त्यसको ठीक उल्टो देशको राज्यव्यवस्थालाई नै कम्युनिस्ट ढाँचामा ढाल्ने र मुलुकलाई कम्युनिस्टकरण गर्नेतिर जान थालेको छ ।’


नेकपामा चलेका संविधान संशोधन प्रसंगबारे उनले जनताको चाहना विपरीत आफ्नो अधिनायवादी नियतलाई पुष्टि गर्नतिर जनतालाई प्रयोग गर्न लागिएको टिप्पणी गरे । 


नेकपाको उक्त कदमलाई नेता पौडेलले सरकारले अनौपचारिक रुपमा राष्ट्रपतिलाई कार्यकारी बनाउने बाटो समातेको समेत बताए । 

मुलुकमा राष्ट्रपति शासन लागू गर्ने पूर्वतयारी अनुरुप प्रहरी प्रतिष्ठानलाई अन्यत्र सारेर राष्ट्रपति कार्यालय फराकिलो बनाउन खोजिएको उनको भनाइ थियो ।  । उक्त कुरा आफूलाई स्वीकार्य नभएको उनले बताए । यस्तै, उनले निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा नेकपा नेतृत्वकै संग्नता रहेको दाबी गरे ।

 उनले भने, ‘७० करोड अडियो प्रकरणमा बाँस्कोटा एक्लै दोषी हुनै सक्दैनन् यसमा उनीभन्दा माथिका मानिसहरुको पनि संलग्नता छ । त्यसमा संलग्न सिंगो पार्टी छ । त्यसको नेतृत्व छ । कम्युनिस्ट पार्टी भ्रष्टाचार गरेर पैसा थुपारेर निर्वाचनबाट सत्ता कब्जा गर्नतिर लागेको देखियो ।’ 

यस प्रकरणमा आगामी दिनमा संसद अवरुद्ध नगर्ने काँग्रेस संसदीय दलको निर्णयबारे उनले भने, ‘संसदीय दलको रणनीति के हो रु अन्य दललाई सँगै ल्याउने कुरामा अगाडि पछाडि हुन्छ । सबै कुरा त्यो मैले बुझ्ने कुरा भएन । म त्यहाँ छैन । अब काँग्रेसले भ्रष्टाचारमा दह्रो ढंगले आन्दोलन गर्नुपर्छ ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...