2076 चैत्र 17 सोमबार

विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रका लागि प्रतिवेदन तयारी गर्न राष्ट्रिय परामर्श सम्पन्न

  |      15:51:00   |  

प्रयोजक :

15806254601210x100-NIC-super.gif
Corporate-benefit_1280x150Pixles.gif
विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रका लागि प्रतिवेदन तयारी गर्न राष्ट्रिय परामर्श सम्पन्न


काठमाडौ, फागुुन १५ । विश्वव्यापी आवधिक समीक्षाका लागि नेपाली गैरसरकारी संस्थाहरुको सञ्जालको सचिवालय इन्सेकलगायतका संघसंस्थाको आयोजनामा फागुन १५ गते काठमाडौँमा सरोकारवालाहरुसँग परामर्श गोष्ठी सम्पन्न गरिएको छ । 


कार्यक्रममा इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले मानव अधिकारको अवस्थाका बारेमा संयुक्त राष्ट्रसङ्घमा गरिने छलफलमा नेपालको मानव अधिकारको अवस्थाका बारेमा कुनै विषय पनि छुटाउन नहुने तर्पm सचेत रहेको बताउनुभयो । उहाँले मानव अधिकारका विषयमा छलफल गरिने यो अवसरको अधिकतम सदुपयोग गर्ने बताउनुभयो । 

 
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घकी केन्द्रीय सदस्य सीता सुवेदीले सबैका लागि सबै अधिकारको उपभोगमा समान पहुँच हुनुपर्ने बताउनुभयो । गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष जिताराम लामाले कानुनमा लेखिएका अधिकारलाई व्यवहारमा उतार्न राज्य तथा सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । 

डिआरसिएफसीकी महासचिव कृष्णकुमारी वाइवाले प्राप्त सुझावहरुलाई आधार मानेर प्रतिवेदनलाई अन्तिम रुप दिने बताउनुभयो । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले युपिआरका लागि इन्सेकले पहिलो चक्रदेखि नै प्रतिवेदन तयार गरी संयुक्त राष्ट्रसङ्घमा पेश गर्दै आएको बताउनुभयो । 

उहाँले भन्नुभयो–‘युपिआर राज्य र संयुक्त राष्ट्रसङ्घको संवाद हो । यो संवादमा गैरसरकारी संस्थाको तर्पmबाट हाम्रो सञ्जालले पनि प्रतिवेदन पेश गर्दै आएको छ ।’

कार्यक्रममा काठमाडौँ स्कुल अफ लका सहप्राध्यापक कपिल अर्यालले सातै प्रदेशबाट सुझाव लिएर प्रतिवेदन तयारी गर्ने क्रममा रहेकाले केही छुटेका भए यो कार्याशालाबाट परिपुर्ति गर्ने बताउनुभयो । 


संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले हरेक साढे चार वर्षको अन्तरालमा मानव अधिकारको समीक्षा गर्नुपर्ने प्रावधान रहेको छ । उक्त प्रावधानलाई विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) भनिन्छ । संयुक्त राष्ट्रसंघीय महासभाले सन् २००६ मा मानव अधिकार परिषद् स्थापना गरेको थियो । 

विश्वव्यापी आवधिक समीक्षाका लागि नेपालका तर्पmबाट ३ सय भन्दा बढी नागरिक संघसंस्था सम्मिलित तीन सञ्जाल–गैरसरकारी संस्थाको सञ्जाल नेपाल, महिलाहरूको राष्ट्रिय सञ्जाल र नेपाल डर्बन सम्मेलनको अनुपरीक्षण समितिले संयुक्त प्रतिवेदन तयार गरिरहेका छन् । 


महिला सञ्जालका तर्पmबाट ओरेककी सञ्जिता तिम्सिनाले महिलाका अधिकार र अधिकार प्रयोग गर्दा आइपरेका सवालका बारेमा प्रतिवेदनमा समेटिने बताउनुभयो । डिआरसिएफसीका होम याम्पूmले अल्पसंख्यक समुदायका अधिकार उपभोगमा विभेद खेप्नुपर्ने अवस्था अन्त्यका लागि प्रतिवेदनमा उल्लेख गरिने बताउनुभयो ।


अधिवक्ता लक्ष्मी पोखरेलले सङ्क्रमणकालीन न्यायका सवालमा सर्वोच्च अदालतको पैmसला अनुसार ऐन संशोधन गर्नुपर्ने विषयलाई पनि प्रतिवेदनमा उल्लेख गर्नुपर्ने बताउनुभयो । इन्सेक बहस तथा पैरवी कार्यक्रमकी व्यवस्थापक सम्झा श्रेष्ठले युपिआरका लागि तयार पानिे प्रतिवेदन अन्तिम सुझावका लागि कार्यशालामा उपस्थित सहभागीलाई पठाउने र त्यसपछि प्राप्त सुझावका आधारमा अन्तिम रुप दिने बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...