2076 चैत्र 17 सोमबार

कोरियामा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने नेपाली सरकारको योजना नै छैन

  |      11:55:00   |  

प्रयोजक :

15806254601210x100-NIC-super.gif
Corporate-benefit_1280x150Pixles.gif
कोरियामा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने  नेपाली सरकारको योजना नै छैन

काठमाडौं । कोरोनाको प्रकोप उच्च गतिमा फैलिएको कोरियामा रहेका नेपालीहरू तत्काल उद्धार गर्ने विषयमा सरकार चुप बसेको छ । त्यस क्षेत्रमा रहेका नेपालीहरू आफूहरूलाई सरकारले उद्धार गर्न माग गरिरहेका छन् ।

सरकारले गत फागुन ४ गते चीनको कोरोना प्रभावित क्षेत्रबाट १ सय ७५ जना नेपालीको उद्धार गर्‍यो । उनीहरूलाई उद्धार गरेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएको छ । 

करिब २ सातासम्म रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका मन्त्री र सचिवहरूबीच पटक–पटकको छलफलपछि मात्र उद्धार गरिएको थियो । चीनमा जस्तै कोरियामा समेत कोरोना भाइरस ९कोभिड १९० फैलिएको छ ।

त्यस विषयमा परराष्ट्र मन्त्रालयले कोरियामा फैलिएको कोरोना भाइरसका बारेमा दूतावासमार्फत् जानकारी लिइरहेको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले कोभिड १९ उपचारका लागि कोरिया सरकारसँग समन्वय गरेर पहल गरिने बताए ।

नेपाली कामदार कार्यरत देशमा रोगको महामारी, प्राकृतिक प्रकोप र हाल चीनबाट फैलिएको कोरोना भाइरस जस्ता ठूला रोगका महामारी फैलिए आफ्ना नागरिक फर्काउन सरकारले नसक्ने रोजगार क्षेत्रका विज्ञहरू बताँउछन् ।

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका १ सय ७५ जनालाई उद्धार गरेर प्रशंसा कमाएको सरकारलाई कोरियामा रहेको नेपालीलाई के गर्ने भनेर अर्को चुनौती थपिएको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सिओलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई सचेत रहन आग्रह समेत गरेका गरिरहेको छ ।

भने कोरियाको अध्यागमन विभागले माघ १५ गते नै सूचना प्रकाशित गर्दै अवैधानिक रूपमा कोरियामा रहेकाहरूलाई कोरोना भाइरसको संक्रमणको शंका लगेका सार्वजनिक स्वास्थ्य संस्थामा जाँच तथा उपचार गराउन निर्देशन समेत दिइसकेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता सागर दाहालले कोरियामा रहेका नेपालीहरू उद्धार ल्याउने विषयमा हालसम्म छलफल नभएको बताए ।

“कोरियामा मात्र होइन, कोभिड १९ धेरै देशमा फैलिएको छ,” उनले भने, “अब उद्धारभन्दा पनि कसरी बच्ने विषयमा त्यस क्षेत्रमा रहेका नेपालीहरूलाई जानकारी दिने विषयमा छलफल भइरहेको छ ।”

चीनबाट नेपाली ल्याएजस्तो कोरियामा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउने सोच भने सरकारले बनाइ नसकेको उनले जानकारी दिए । 

कोरियामा कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँबाट नेपाल आउनेहरू पनि कोरोनाको आशंका गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पुग्ने गरेका छन् । सरकारले कोरोना भाइरसको प्रतिकार्यका लागि चिनियाँ नागरिकबाहेक अन्य देशका नागरिकलाई खासै चासो नदिएको अस्पतालका स्वस्थ्यकर्मी बताउँछन् ।

सरकारले दुइसातासम्म छलफलपछि एउटा निर्णय गरेर चीनको बुहानमा रहेका १ सय ७५ जना नेपालीलाई बल्लतल्ल उद्धार गरेको सरकारलाई कोरियामा रहेका ४० हजार नेपालीको विषयमा के गर्ने भनेर अन्योल सिर्जना भएको स्वास्थ्य विज्ञहरू बताउँछन् । 

त्यसैगरी, कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरियामा १३ जनाको मृत्यु भएको छ भने १ हजार ५९५ जना संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा बुधबार ४ सय १२ जनामा संक्रमण भेटिएको थियो । भने चीन बाहिर बुधबार ४ सय ५९ जना नयाँ संक्रमित भेटिएका हुन् ।

हालसम्म चीनमा ७८ हजार ४ सय ९७ जनामा कोभिड १९ को संक्रमण भएको छ भने चीनबाहिर तीन हजार २२५ जना संक्रमित भएका छन् । २९ वटा देशमा कोरोना फैलिसकेको छ ।

 विश्वभर ८१ हजार ७ सय २२ जनामा कोरोना संक्रमण भएको छ । चीनमा मात्र दुई हजार ७४४ जनाको मृत्यु भएको छ भने चीन बाहिर ५७ गरी विश्वभर दुई हजार ८०१ जनाको मृत्यु भएको बताइएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...