2076 चैत्र 17 सोमबार

बेलायतमा एनआरएन अध्यक्ष पन्तलाई कालो झण्डा, आर्थिक अनियमितता छानबिनको माग

  |      12:58:00   |  

प्रयोजक :

15806254601210x100-NIC-super.gif
Corporate-benefit_1280x150Pixles.gif
बेलायतमा एनआरएन अध्यक्ष पन्तलाई कालो झण्डा, आर्थिक अनियमितता छानबिनको माग

काठमाडौ, फागुुन २५ । एनआरएन युकेको १५औं वार्षिकोत्सवमा आयोजना गरिएको कार्यक्रममा भाग लिन जर्मनीबाट बेलायत पुगेका गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तलाई कार्यक्रमस्थलमै कालो झण्डा देखाइएको छ । 

गैरआवासीय नेपालीहरूले एनआरएनएमा भाडभैला मच्चाएको तथा मनपरी नियुक्ति गरेको विरोधमा अध्यक्ष पन्तलाई कालोझण्डा देखाइएको हो । एनआरएनका निर्वाचित पदाधिकारी, सल्लाहकार र संस्थापकहरुले पनि उक्त कार्यक्रम बहिस्कार गरेको थिए । 

विरोधका बीच आयोजित कार्यक्रममा पन्तले आयोजकले बोलाएर मात्रै आफू कार्यक्रममा आएको बताए । ‘धेरै साथीहरुले यहाँ नआउन भन्नु भएको थियो, तर एनसीसीले निम्ता गरे पछि म जान्छु भनेँ,’ पन्तले भने । 

पन्तले आफू धेरै एनसीसीहरुमा पुग्ने गरेको भए पनि यो प्रकृतिको विरोध बेलायतमा मात्रै व्यहोर्नु परेको बताए । कार्यक्रम सुरु भएको केहीबेरमै एनआरएन युकेसँग आबद्ध केही महिला अभियन्ताहरुले ‘आर्थिक अनियमितताको छानबिन गर, कुमार पन्त फिर्ता जाउँ’ भन्दै कालो झण्डा देखाएका थिए । 

उनीहरुले लण्डनस्थित नेपाल दूताबासले विवादित कार्यक्रममा प्रतिनिधि पठाएकोमा आक्रोश व्यक्त गरेका थिए । तर, शान्तिपूर्ण विरोध गरिरहेका ती महिलाहरुमाथि एनआरएन युकेका केही व्यक्तिहरुले हातपात र लछारपछार गरेका थिए । 

एनआरएन युकेका निवर्तमान अध्यक्ष योगकुमार फगामीले नेतृत्व गरेको कार्यसमितिले करोडौं रकम घोटाला गरेको भन्दै विरोध भइरहेको छ । तर, एनआरएन युकेको नयाँ कार्य समितिले  अझै छानबिन समिति समेत गठन गरेको छैन । 

कार्यक्रममा बोल्दै एनआरएनएका महासचिव हेमराज शर्माले एनआरएनए अहिले २५ करोड घाटामा गएको दावी गरेका छन् । ‘एनआरएनलाई क्यान्सर लागि सकेको छैन, बच्ने सम्भावना छ,’ उनले भने। 

शर्माले एनआरएनको केन्द्रीय भवन प्रकरणबारे एक समितिले अध्ययन गरी छिट्टै एउटा श्वेतपत्र प्रकाशित गरिने जानकारी पनि दिए । एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले संस्थाको विवाद संस्थाभित्रै छलफल गरिनु पर्ने बताइन् । 

तर, सिंगो कार्य समितिलाई बाइपास गरेर केन्द्रबाट मनोनित आइसीसी सदस्य रामशरण सिम्खडालाई आर्थिक कारोबार समेत गर्ने गरी किन कार्यक्रमको संयोजक बनाइयो भन्ने प्रश्नको उनले जवाफ दिइनन् । 

एनआरएन युकेका चारजना उपाध्यक्ष तथा कोषाध्यक्षले बुधबार राति पत्रकार सम्मेलन गरी कार्यसमितिको अनुमोदन बिना नै सल्लाहकारहरु घोषणा गरिएको भन्दै विधान विपरित आयोजित कार्यक्रममा आफुहरु नजाने घोषणा गरेका थिए । 

निर्वाचित उपाध्यक्षहरु प्रेम गाहामगर, नारायणदत्त कँडेल, रामचन्द्र पोखरेल, मोहन कार्की, कोषाध्यक्ष तेजेन्द्र रोकामगर लगायतलेकार्यक्रम बहिस्कार गरेका थिए । एनआरएन युकेका कोषाध्यक्ष तेजेन्द्र रोका मगरले उक्त  विवादित कार्यक्रमको आय व्ययको छानबिन गरिने जनाएका छन् । 

विश्वभरि कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला खादा र माला लगाउने एउटा औपचारिक कार्यक्रममा आएर अध्यक्ष पन्तले बेलायतस्थित नेपाली समाजलाई भाँड्न रातदिन सक्रियहरुलाई नै सघाएको भन्दै आलोचना भएको छ । 




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...