2077 जेष्ठ 21 बुधबार

नेपालको सीमा क्षेत्रको सम्बन्धमा भारतीय सेनाध्यक्षको अभिव्यक्ति गैरजिम्मेवार र उत्तेजनात्मक

  |      15:18:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
नेपालको सीमा क्षेत्रको सम्बन्धमा भारतीय सेनाध्यक्षको अभिव्यक्ति गैरजिम्मेवार र उत्तेजनात्मक

काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतका सेनाध्यक्ष एमएम नरावणेले नेपालको सीमा क्षेत्रको सम्बन्धमा दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्ति ठहर गरेको छ । र, यसको कुटनीतिक तहबाट खण्डन गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । 

आइतबार बिहान बसेको समिति बैठकपछि नेपाल सरकारको नाममा जारी गरिएको निर्देशन र सुझावमा भनिएको छ, ‘भारतद्वारा अतिक्रमण गरिएका लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्तिको कुटनीतिक तहबाट खण्डन गर्ने ।’

भारतीय सेनाका प्रमुख नरावणेले जेठ २ गते नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा लिपुलेकको विषयमा कुनै विवाद नभएको भन्दै भारतले नेपाली भूमिमा अतिक्रमण गरेर सडक निर्माण नगरेको दाबी गरेका थिए ।

मनोहर पारिकर इन्टिच्युट फर डिफेन्स इस्टडिज एन्ड एनालाइसिस (एमपी–आईडीएसए) ले आयोजना गरेको कार्यक्रममा सेना प्रमुख नरावणेले भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको र त्रिदेशीय विन्दुको विषयमा अहिले पनि विवाद नभएको दाबी गरहेका हुन् । उनले नेपालले अरु कसैको इसारामा यसको विरोध गरेको पनि बताएका थिए ।


भारतीय सेना प्रमुखले लिपुलेकको विषयमा कुनै विवाद नरहेको बताएको भारतका सञ्चारमाध्यमहरु ‘द हिन्दु’, ‘इन्डियन एक्सप्रेस’ सहित अन्य मिडियाले लेखेको थिए । ‘हामीले काली नदीको पश्चिमी भागमा सडक निर्माण गरेका हौं ।

नेपालले काली नदीको पूर्वी भागलाई आफ्नो भूभाग भनेर स्वीकार गरेको हो । त्रिदेशीय विन्दुको सम्बन्धमा त्यहाँ अहिले पनि विवाद छैन,’ उनले भनेका थिए । उनले त्रिदेशीय विन्दु (नेपाल–भारत–चीन) मा कहिले पनि समस्या नभएको दाबी गरेका छन् ।

कार्यक्रममा जनरल नरावणेलाई भारतीय जल सेनाका अवकाश प्राप्त उपप्रमुख शेखर सिन्हाले ‘नेपालले किन लिपुलेकमा बनेको हाम्रो सडकलाई लिएर विरोध गरिरहेका छन् र किन उनीहरुले बोर्डर क्षेत्रमा आएर बोर्डर पोष्ट खडा गरेका छन् रु’ भन्ने प्रश्न गरेका थिए ।

साथै, सिन्हाले लिपुलेक र केही समययता भारत र चीनबीच लद्दाख र सिक्किममा भएका द्वन्द्वबीच कुनै सम्बन्ध भएको वा नभएको बारेमा प्रश्न गरेका थिए । भारतले उत्तराखण्ड हुँदै नेपाली भूमिबाट नेपाल–चीन सीमा विन्दु लिपुलेकसम्म सडक निर्माण गरेको छ ।

त्यसमा नेपालको दार्चुला जिल्लाको गुन्जीबाट लिपुलेकसम्म १९ किलो मिटर नेपाली भूमि रहेको छ । भारतका रक्षा मन्त्रीले उक्त सडकको एकतर्फी रुपमा नेपाललाई थाहा नै नदिइकन वैशाख २६ मा उद्घाटन गरेका थिए ।

भारतीय सेनाप्रमुख नरावणेको उक्त अभिव्यक्तिपछि नेपाली सेनाले ‘आवश्कयताअनुसार नेपाली सेनाले प्रष्ट र जिम्मेवार ढंगबाट विधिसम्मत तथा उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने’ बताएको छ ।

भारतीय सेनाप्रमुख नेपालको मानार्थ सैनिक प्रमुख र नेपालको सेना प्रमुख भारतीय सेनाको मानार्थ सैनिक प्रमुख हुने परम्परा रहँदै आएको छ । सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि नरावणे राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सैनिक प्रमुखको सम्मान ग्रहण गर्न नेपाल आएका छैनन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...