2077 असार 25 बिहीबार

अस्ट्रेलियाबाट नेपाल फर्कन १३०० ले भरे फारम, नेपाली विमान भने रित्तै फर्किने

  |      12:12:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
अस्ट्रेलियाबाट नेपाल फर्कन १३०० ले भरे फारम, नेपाली विमान भने रित्तै फर्किने

सिड्नी । नेपाल सरकारले आफ्ना नागरिक नेपाल फर्काउने घोषणा गरेसँगै अस्ट्रेलियाबाट नेपाल फर्कनका लागि १ हजार २ हजार ८३ जनाले आवेदन दिएका छन् । ठूलो संख्यामा नेपाल फर्कन चाहे पनि तेस्रो पटक आउने राष्ट्रिय ध्वजावाहक विमान भने यसपटक पनि रित्तै फर्किने भएको छ ।

अस्ट्रेलियास्थित नेपाली दूतावासले एक साताअघि नेपाल फर्कन चाहनेहरुलाई विभिन्न सर्तसहित फारम भर्न आग्रह गरेको थियो । सोही आग्रहअनुसार यहाँ अस्थायी भिसामा रहेका नेपालीले नेपाल जान इच्छा व्यक्त गर्दै फारम भरेका थिए ।

तर गत सोमबार काठमाडौैंमा अस्ट्रेलियाली अधिकारीहरुसँग भएको छलफलपछि विभिन्न प्राविधिक कुरा नमिलेका कारण जुन ८ तारिखमा अस्ट्रेलिया आउन लागेको नेपाली ध्वजावाहक विमानमा नेपालीको उद्दार नहुने भएको हो ।

तर पनि फारम भरिसकेका नेपालीलाई कसरी नेपाल लैजान सकिन्छ भन्ने विषयमा नेपाल सरकार र अन्य विमान कम्पनीसँग छलफल भइरहेको दूतावासले जनाएको छ ।

आफ्नो विमानबाट यहाँ रहेका नेपालीको उद्धार गर्न नसकिने भएपछि परराष्ट्र मन्त्रालयले दूतावासलाई प्राथमिकताका आधारमा उद्धार गरिनुपर्ने नेपालीको नामावली पठाउन आदेश दिएको छ ।

दूतावासले बिहीबारसम्ममा सरकारलाई उक्त लिस्ट पठाइसक्ने र नेपाल फर्कंदा कसरी र कहाँ व्यवस्थापन गर्ने, स्वास्थ्य उपचार आवश्यक परे के गर्नेलगायतका विभिन्न प्रावधानमा निर्णय भएपछि उद्धार प्रक्रिया सुरु गरिने भएको छ ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दहालले ठूलो संख्यामा नेपालीले स्वदेश फर्कने इच्छा व्यक्त गरेका कारण उनीहरुलाई प्राथमिकताका आधारमा फर्काइने दाबी गरे ।

‘आफ्नै विमानबाट केहीलाई फर्काउन पाएको भए धेरै राम्रो हुने थियो तर विभिन्न प्राविधिक समस्याका कारण यसपटक समेत आफ्नो विमानबाट कोही पनि नेपाली फर्कन नपाउने अवस्था आएको हो ।’

दूतावासले नेपाल फर्कन चाहने नेपालीलाई विभिन्न ७ सर्त राखेको छ । जसमा नेपाल फर्कंदा लाग्ने सम्पूर्ण हवाइखर्च यात्रु आफैले बेहोर्नुपर्नेछ भने क्वारेन्टाइनमा बस्दा लाग्ने खर्चका साथै यातायातलगायतका अन्य खर्चसमेत उनीहरुले नै तिर्नुपर्नेछ ।

दूतावासले भनेअनुसार सबै खर्च बेहोर्न तयार भए पनि नेपाल फर्काउने प्रक्रिया ढिलो भएकोमा भने उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । राजदुत दहालले भने सरकारी तवरमै अन्य विमान कम्पनीहरुसँग छलफल गरेर दुबई, कतारलगायतका स्थानसम्म ट्रान्जिट गराएर भए पनि निवदेन दिएका नागरिकलाई यथासक्य चाँडो नेपाल फर्काइने बताएका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...