2077 श्रावण 30 शुक्रबार

विदेशबाट १२ हजार फर्किएपछि बल्ल बन्यो उद्धारसम्बन्धी निर्देशिका, कहाँबाट कति नेपाली फर्किए ?

  |      14:20:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
विदेशबाट १२ हजार फर्किएपछि बल्ल बन्यो उद्धारसम्बन्धी निर्देशिका, कहाँबाट कति नेपाली फर्किए ?

काठमाडौं । सोमबारसम्म भारतबाहेकका विभिन्न मुलुकबाट १२ हजार नेपाली स्वदेश फर्किएका छन् । यतिन्जेलसम्म चार्टर्ड उडानमार्फत नेपालीलाई स्वदेश फर्किन अनुमति दिइरहेको सरकारले बल्ल निःशुल्क उद्धारको गर्ने गरी ‘विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका’को मस्यौदा तयार गरेको छ ।

अहिलेसम्म कम्पनीले टिकट काटिदिएका र आफैं टिकट काट्न सक्नेहरु मात्रै नेपाल आइरहेका छन् । विदेशमा रकम अभाव भएर स्वदेश फर्किन अति जरुरी रहेकाहरु मलेसिया र खाडीसहितका देशमै अलपत्र छन् ।

गत असार १ गते सर्वोच्च अदालतले वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरेर समस्यमा परेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारलाई आदेश दिइसकेको छ ।

त्यसको कार्यान्वयनका लागि सरकारले उद्धारसम्बन्धी छुट्टै निर्देशिका तयार गरेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए ।

अब निर्देशिकाले तोकेका मापदण्डभित्र पर्ने कामदारको टिकसहितका अन्य खर्च पनि सरकारले नै ब्यहोर्नेछ । सरकारबाट श्रम स्वीकृति लिएर गएकाहरुलाई मात्रै निर्देशिकाले तोकेका सुविधाहरु प्राप्त हुनेछ ।

बिरामी, सुत्केरी, अशक्त, रोजगारी गुमाएका, कम्पनीबाट टिकट नपाएका, आममाफी पाएका, काजकिरियाका लागि आउनुपर्ने लगायतका सम्वेदनशील अवस्थाका कामदारको सरकारले निःशुल्क उद्धार गर्ने गरी मस्यौदा बनेको हो ।

जसमा विदेशस्थित नियोगले अलपत्र कामदारको अवस्था अध्ययन गरी आवश्यक देखिएमा स्वदेश फिर्तीको निःशुल्क टिकट दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विदेशस्थित नेपाली नियोगहरुलले कामदारका लागि टिकट किनेको रकमको शोधभर्ना कल्याणकारी कोषबट गरिने भएको छ । यो निर्देशिका मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।

निर्देशिकामा विदेश गएको एक वर्ष पनि नपुगेका र कमजोर आम्दानी भएका कामदारलाई निशुल्क टिकट दिन प्रस्ताव गरिएको छ ।

त्यसअघि कामदारलाई विदेश पठाउने म्यानपावर कम्पनी र सम्बन्धित रोजगार दाता कम्पनीसँग नियोगले टिकटका लागि पहल गर्नेछ ।

विदेश गएको एक वर्ष नाघेको र कम्पनीले पनि टिकट नदिने अवस्था भए सम्बन्धित कामदारले विदेश पुगेर काम गरेको अवधि र आय आर्जनको अवस्था हेरेर टिकटको ५० देखि ७५ सम्म खर्च बेहोर्न सकिने खालको व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

आफ्नै खर्चमा टिकट काटेर विदेशबाट फर्किसकेकाहरुले पनि यो सुविधा दाबी गर्न सक्नेछन् । त्यसलाई दूतावासहरुले प्रमाणित गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

दूतावासले सहयोग दिनुपर्ने अवस्थाका कामदारको रुपमा सिफारिस गरेमा बोर्डबाट रकम दिने व्यवस्था गरिनेछ ।

कहाँबाट कति नेपाली फर्किए 

सरकारले गरेको लकडाउनका कारण विदेशमा अलपत्र भएकामध्ये सोमबार साँझसम्म १२ हजार १९२ नेपाली चार्टर्ड उडानमार्फत नेपाल आएका छन् । कुवेतले आफ्नै आममाफी पाएकाहरुलाई आफ्नै खर्चमा नेपाल ल्याएपनि अन्य देशबाट फर्किएका नेपालीहरुले सबै खर्च आफैंले ब्यहोरेका छन् ।

सरकारको तथ्यांकअनुसार सोमबार साँझसम्म सबैभन्दा धेरै कुवेतबाट २१६२ जना नेपाली स्वदेश फर्किएका छन् भने यूएईबाट फर्किनेको संख्या २०१७ छ ।

साउदी अरेबियाबाट १२१८ जना नेपाली स्वदेश आएका छन् । मलेसियाबाट १२१७ जना र कतारबाट ७८९ जना नेपाली फर्किएको अध्यागमन विभागले जनाएको छ ।

बंगलादेशबाट ८१५, माल्दिभ्सबाट ६०४, अमेरिकाबाट ५२३, जापानबाट ४९३, अष्ट्रेलियाबाट ४८३, बहराइनबाट ४२०, थाइल्याण्डबाट ३२६, ओमानबाट ३१३, बेलायतबाट २२९ र दक्षिणकोरियाबाट २२८ जना नेपाली फर्किसकेका छन् ।

त्यसैगरी सिंगापुरबाट १४६, हङकङबाट ८९, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना नेपाल आएका छन् ।

त्यसमध्ये करिब ८ हजार व्यक्ति प्रदेशमार्फत स्थानीय तहको क्वारेन्टिनमा गएका छन् भने करिब साढे ७ सय व्यक्तिले होटल क्वारेन्टिन रोजेका छन् ।

करिब १७ सय जना होम क्वारेन्टिनमा जान पाएका छन् भने साढे १६ जना संघ अन्तरगतका केही क्वारेन्टिनमा गएका थिए । २८ जना भने आउँदा आउँदै अस्पताल जानु परेको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...