2077 श्रावण 30 शुक्रबार

विदेशबाट फर्केका ११ सय जना मात्र होटेल क्वारेन्टिनमा

  |      12:14:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
विदेशबाट फर्केका ११ सय जना मात्र होटेल क्वारेन्टिनमा

काठमाडौं । लकडाउनका कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले असार पहिलो साताबाट धमाधम ल्याउन शुरु गर्‍यो । उनीहरुलाई नेपाल फर्केपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान बनाइएको छ ।

सोहीअनुसार देशभर ५७ वटा होटेल क्वारेन्टिनका लागि तोकिएका थिए । यी होटेलले दैनिक करीव ३३ सय पाहुनालाई एकसाथ सेवा दिन सक्छन् । तर, अहिलेसम्म ११ सय यात्रु मात्र होटेलमा बसेको होटेल संघ नेपाल ९हान०ले जनाएको छ ।

संघका सदस्य युवराज श्रेष्ठका अनुसार यी यात्रु पनि पुरै १४ दिन भने बसेका छैनन् । खासगरी पीसीआर वा आरडीटी रिपोर्ट लिएर आएका यात्रुलाई घरमै क्वारेन्टिनमा बस्न सक्ने सुविधा दिइएको छ ।

 

अर्कोतर्फ अहिले पहिलो चरणमा खाडी मुलुक तथा कामको सिलसिलामा गएर दुःखमा रहेका नेपालीलाई प्राथमिकता दिएर घर फर्काइएको छ । उनीहरु अधिकांश सम्बन्धित स्थानीय तहमा निर्माण भएको क्वारेन्टिनमा बसेको बताइन्छ ।

सोहीकारण होटेलमा बस्नेहरुको संख्या कम भएको होटेल व्यवसायीको अनुमान छ । विदेशबाट आएकाहरुलाई सुरुमा नेपाली सेनाको व्यवस्थापनमा होल्डिङ सेन्टरमा राखिन्छ ।

त्यसपछि मात्र होटल क्वारेन्टिन वा घर जान पठाइन्छ । होटेल क्वारेन्टिनमा बस्नेहरुले खर्च आफैं व्यहोर्नुपर्छ । खर्च व्यहोर्न नसक्नेहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्ने सर्तमा पठाइन्छ ।

होटेल व्यवसायी र सरकारबीच भएको सहमति अनुसार विदेशबाट फर्केर होटेल क्वारेन्टिनमा बस्नेका लागि प्रतिव्यक्ति न्यूनतम दुई हजारदेखि अधिकतम ५५ सय रुपैयाँसम्ममा रकम तोकिएको छ । अधिकतम मूल्य चारतारे र न्यूनतम मूल्य पर्यटकीय स्तरका होटेलमा निर्धारित हो । होटेल क्वारेन्टिनमा प्रयोग भएका होटेल चार तारेदेखि पर्यटकस्तरीयसम्म रहेका छन् । न्यूनतम मूल्यसमेत एउटा कोठामा दुई जना बस्न तयार भएको अवस्थामा मात्र हो ।

एउटा कोठामा एक्लै बस्न चाहने पाहुनाले भने न्यूनतम तीन हजार रुपैयाँदेखि अधिकतम ८ हजार रुपैयाँसम्म तिर्नुपर्छ । अर्थात् चार तारे होटेलको कोठामा एक्लै बस्न चाहने हो भने प्रतिदिन ८ हजार रुपैयाँ भुक्तान गर्नुपर्छ ।

यसअघि होटेल व्यवसायीले न्यूनतम २५ सयदेखि अधिकतम १० हजार रुपैयाँसम्मको दररेट कायम गरी सरकारलाई बुझाएका थिए । पछिल्लो पटक उक्त मूल्य केही घटाउन व्यवसायी तयार भएपछि होटेललाई क्वारेन्टिन बनाउने सम्बन्धमा सहमति भएको थियो ।

होटेलहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न हानको सदस्यअन्तर्गत ५७ वटा होटेल तयार छन् । होटेलहरुले बिहान नास्ता–खाना, दिउँसो खाजा र साँझ खाना गरी दैनिक चार पटक खुवाउने व्यवस्था गर्नेछन् ।

अन्य सेवा सुविधासमेत होटेलको मापदण्ड सरह हुने व्यवसायीहरु बताउँछन् । अहिले दैनिक एक हजार जना नेपालीको विदेशबाट उद्दार भइरहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...