2077 श्रावण 30 शुक्रबार

सुदूरपश्चिममा प्रतिपक्षीको विरोधका बीच पनि बजेट पारित हुँदै

  |      12:32:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
सुदूरपश्चिममा प्रतिपक्षीको विरोधका बीच पनि बजेट पारित हुँदै

कैलाली । प्रतिपक्षी दलले लगातार संसद अवरोध गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले सामान्य छलफल गरेरै प्रदेशसभाबाट आगामी आर्थिक बर्ष २०६७÷०७७ को बजेट पारित गर्ने रणनीति लिएको छ ।

बुधबार नै बजेट पारित गर्ने प्रदेश सभा सचिवालयले कार्यसूची तयार गरेको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याएको थियो । तर प्रतिपक्षी दलको विरोधका कारण २० दिनसम्म बजेटमाथि छलफल हुन सकेन ।

बजेट सन्तुलित नभएको, सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च सार्वजनिक नगरेको र भ्रष्टाचार मौलाएको भन्दै प्रतिपक्षी दलले प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

असार २१ गते प्रदेश प्रतिपक्षी दलको नाराबाजीकै बीच प्रदेशसभा बैठक सुरु भएको थियो । २१ गते र २३ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको विरोधकै बीच बजेटमाथिको छलफल अघि बढाएको प्रदेशसभाले बुधबार विरोधकै बीच पारित गर्ने तयारी थालेको छ । प्रदेशसभामा सत्तारुढ नेकपाको बहुमत छ ।

मंगलबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद हर्क बहादुर कुँवरले नारबाजी कै बीचमा बजेटमाथिको छलफलमा धारणा राखेका थिए । एक जना सांसदले धारणा राखेपछि बैठक स्थगित गरिएको थियो ।

बुधबार तीन बैठक

बुधवार बिहान ८ बजे बजेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक तथा आगामी आर्थिक वर्षको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलको प्रस्ताव पेस गरेका थिए ।

प्रदेश अर्थमन्त्री बोहराले छलफलको प्रस्ताव पेस गरेपछि १ घण्टा सम्मको लागि बैठक स्थगित भएको थियो । ९ बजे आह्वान गरेको अर्को बैठकमा सत्तारुढ दलका सांसद दुर्गा विकले धारणा राखिन् ।

उनको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक तथा सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित गर्नुपर्ने बताइन् ।

उनको धारण पछि फेरि बैठक स्थगित भयो । बुधवार तेस्रो पटक बस्न लागेको बैठकले बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

‘२ बजे आह्वान गरिएको बैठकका सत्तारुढ दलका सांसद महेशदत्त जोशी बोल्ने कार्यसूची छ’ प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले भने, ‘उहाँले बोलेपछि अर्थमन्त्रीले आएका प्रश्नमा जवाफ दिनुहुन्छ र आजै बजेट पारित गर्न प्रस्ताव पेस गर्नुहुन्छ ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...