2077 श्रावण 25 आईतवार

एनआईसि एसिया र एनएमबी बैंकमा एकै समुहको लगानी, एनबी ग्रुपको कहा–कहाँ छ लगानी ?

  |      11:44:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
एनआईसि एसिया र एनएमबी बैंकमा एकै समुहको लगानी, एनबी ग्रुपको कहा–कहाँ छ लगानी ?

काठमाडौं, साउन १५ । एनआईसि एसिया बैंक र एनएमबी बैंक दुबैमा विशाल ग्रुपको लगानी छ । 

एनआइसि एसियामा बिशाल ग्रुपका अध्यक्ष जगदिस प्रसाद अग्रवालको ४ लाख ९९ हजार कित्ता संस्थापक सेयर लगानी रहेको छ ।

त्यस्तै विशाल ग्रुपकै प्रवन्ध निर्देशक अशोक कुमार अग्रवालको एनएमबी बैंकमा ४ लाख ८२ हजार ३ सय ५७ कित्ता  संस्थापक सेयर लगानी छ । 

संघाईको त्रिबेणी ग्रुपका अध्यक्ष पुरुषोत्तमलाल संघाईको एनएमबी बैंकमा ८ लाख ६२ हजार ९ सय ९५ कित्ता संस्थापक सेयर लगानी छ ।

 र यही समुहका  निर्देशक रामचन्द्र संघाईको २८ लाख ४० हजार १ सय २३  सस्थापक सेयर छ भने १० लाख ५८ हजार ८३ कित्ता सर्वसाधारण सेयर छ । 

त्यस्तै एनबी ग्रुपको एनसीसी बैंकमा ३ दशमलव ७५ प्रतिशत हिस्सा छ । र यही ग्रुपका प्रमुख  जितबहादुर श्रेष्ठको नेपाल बंगलादेश बैंकमा दुई दशमलव ६१ प्रतिशत हिस्सा र सोहि ग्रुपका लक्ष्मी बहादुर श्रेष्ठको शुन्य दशलमव ६३ प्रतिशत हिस्सा छ ।

खेतान ग्रुपको अहिले हिमालयन बैंक र लक्ष्मी बैंकमा  लगानी छ । खेतान ग्रुपको म्युच्युल ट्रेडिङ कम्पनीको हिमालय बैंकमा ११ दशमलव ७५ प्रतिशत संस्थापक  सेयर  लगानी छ ।

त्यस्तै खेतान ग्रुपकै प्रमुख राजेन्द्र खेतानको लक्ष्मी बैंकमा ४२ लाख कित्ता र उनको श्रीमती सारिका खेतानको ८१ लाख २८ हजार ७  सय ६३ कित्ता संस्थापक सेयर छ ।

सिभिल बैंक र सिटिजन्स बैंकमा  प्रताप जंग पाण्डेको  लगानी छ । विभिन्न बैंकहरुमा प्रवर्धकहरुले त अझ लगानी खुल्ने नाममा निकटाका नाममा सेयर राखेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा फोर्सफुल मर्जरका बारेमा खासै नबोलेको भएपनि परिपत्र मार्फत भने एकै परिवार र एकै व्यसायीक घरानाका बैंकहरुलाई मर्जरमा लाने बताएको छ ।

उद्योगी तथा व्यवसायीहरुले अहिले बैंक तथा वित्त  सस्थामा लगानी बढाएका छन् । किनभने बैंकमा लगानी गर्दा  पं्रत्यक्ष मुनाफा त छँदैछ  बचतकर्ताहरुले बैंकमा राखेको रकम समेत आफुले चाहेको ब्याजदरमा प्रयोग गर्न पाइन्छ ।

यसरी बचतकर्ताको रकममा हालीमुहाली बढेपछि राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्न मर्जरमा लाने उपाय अपनाएको हो । मर्जर गर्दा बैंक पनि ठूलो हुने र त्यसका कारण ठूलो लगान्ी  समेत गर्न सकिने भएकाले बिग मर्जरतर्फ राष्ट्र बैंक आकर्षण भएको देखिन्छ ।   


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...