2077 श्रावण 25 आईतवार

नेकपा उपाध्यक्ष गौतमले भनेः प्रधानमन्त्रीबाट ओलीलाई हटाए पार्टी फुट्छ

  |      12:05:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
नेकपा उपाध्यक्ष गौतमले भनेः प्रधानमन्त्रीबाट ओलीलाई हटाए पार्टी फुट्छ

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम र केही केन्द्रीय सदस्यबीच सवाल–जवाफ चलेको छ । केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनुहुँदैन भनेर बहुमत स्थायी कमिटी सदस्यको विपक्षमा उभिएपछि उपाध्यक्ष गौतमलाई सम्झाउन पुगेका केही केन्द्रीय सदस्य आफैं निराश बनेर फर्किएका छन् । स्रोतका अनुसार नेकपा केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, दीपकप्रकाश भट्ट, सुरेन्द्र मानन्धर, रामकुमारी झाँक्री, ठाकुर गैरे गौतम निवास भैंसेपाटी पुगेका थिए ।

गौतमले प्रधानमन्त्री ओलीलाई लामो समयदेखि काँध थाप्दै आएको भए पनि बदलामा अपमानबाहेक केही पनि नपाएको बताएका थिए । अहिले पनि कुनै पदको लोभले ओलीलाई प्रधानमन्त्रीबाट नहटाउँ भनेर सहमतिको प्रस्ताव अघि सारेको होइन । ओलीलाई संसदीय दलको नेता बनाउनेबेला र त्योभन्दा अघिदेखि काँध थाप्दै आएको छु गौतमको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, “अहिले पनि ६ बुँदा पार्टी एकता बचाउन, कम्युनिस्ट आन्दोलन बचाउन अघि सारेको हुँ ।


उनले ओलीबाट सरकार र पार्टी दुवै चल्दैन भनेर आफूले एकवर्षअघि नै निष्कर्ष सुनाएको दोहोर्‍याएका थिए । त्यतिबेला कसैबाट साथ नपाएको र अहिले पनि त्यही विचारमा निर्भिक रहेको उनको निष्कर्ष थियो । तथापि, त्यतिबेला हटाउने उपयुक्त समय भए पनि अहिलेको समय अनुकूल नरहेको उनले बताएको केन्द्रीय सदस्यको भनाइ छ । म ओलीको पक्षमा लागेको भनेर नबुझ्नुस्,” गौतमले केन्द्रीय सदस्यलाई सम्झाउँदै भने, “पार्टी बचाउने दायित्व आएको छ । अहिले केपी ओलीलाई दुवै पदबाट हटाउने समय छैन । कोरोनाको महामारी छ । सरकारले बाह्य आक्रमण पनि बेहोर्न परिरहेकै छ । यस्तो बेलामा हटाउँदा झन् दुघर्टना होला भनेर मात्रै नहटाउँ भनेको हुँ । म ओलीको पक्षमा लागेको पनि छैन, यसरी बुझ्नु उपयुक्त हुँदैन ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...