2077 आश्विन 13 मंगलवार

गायिका एवं कलाकार शितल शर्माद्वारा ढोरपाटन बाढीपीडितका लागि सहयोग जुटाउँदै

  |      13:18:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
गायिका एवं कलाकार शितल शर्माद्वारा ढोरपाटन बाढीपीडितका लागि सहयोग जुटाउँदै

काठमाडौ, भदौ २३ । गायिका एवं कलाकार शितल शर्माले बाग्लुङको ढोरपाटन बाढीपीडितका लागि सहयोग गर्न आर्थिक सहायता जुटाउँदै छिन् । कलाकार शर्माले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोग गर्न आग्रह समेत गरेकी छिन् । 

गत भदौ १७ गते बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित भुजी खोलामा आएको बाढीले कयौं व्यक्तिहरुका घरबार बगाएको थियो भने बाढीका कारण १७ जना व्यक्तिहरुको मृत्यु भएको थियो । 

उक्त बाढीका कारण अझै २२ जना व्यक्तिहरु बेपत्ता भएको बताईएको छ । बाढीले भुजी खोलाका तटिय क्षेत्रका ३१ भन्दा बढी घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने करिब ४० भन्दा बढी घरमा क्षति भएको छ ।

बाढी पहिरोका कारण आफन्त गुमाएका र घरबारविहीन भएका परिवारलाई सहयोग गर्न गायिका शर्माले सहयोग अभियान चलाएकी हुन् । ‘बाढी पहिरो आएर ढोरपाटन नगरपालिका वडा नं. ९ मा कयौं व्यक्तिहरु बेपत्ता भएका र घर समेत बगाएको समाचार सुन्ने बित्तिकै मेरो मनमा सहयोगको भावना आईहाल्यो ।’ 

गायिका शर्माले भनिन, ‘बाढी पीडितका लागि थोरै भएपनि सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो र मैले देश विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोगको आग्रह गरें ।’

‘मलाई धेरै व्यक्तिहरुले सहयोग गरिरहनुभएको छ ।’ उनले जोड दिंदै भनिन्, ‘सहयोग गर्छु भनेर अरु व्यक्तिहरुबाट फोन, म्यासेज आईरहेको छ । सहयोग गर्ने व्यक्तिहरुको बारेमा मैले फेसबुक मार्फत उहाँहरुको नाम सार्वजनिक गरेकी छु ।’ 

यस किसिमको सहयोग मानवताको नाताले पनि गर्नुपर्ने उनको तर्क छ ।  गायिका शर्माले आर्थिक सहयोग संकलन गर्ने क्रम जारी रहेको बताईन् । केही दिनपछि बाढीपहिरो आएको ठाउँमा गई पीडितहरुलाई प्रत्यक्ष सहयोग गर्ने उनले बताईन् ।

गायिका शर्माले अहिलेसम्म डेढ लाख रुपैयाँ उठिसकेको र अझै सहयोग आउने क्रम जारी रहेको जानकारी दिईन् । बाढी पीडितको घाउमा मल्हम लगाउने उद्देश्यले सहयोग अभियान सुरु गरेको उनको भनाई छ । बाढीपीडितहरुलाई सहयोग गर्ने सबै मनकारी व्यक्तिहरुलाई उनले धन्यवाद दिंदै भनिन्, ‘मान्छेलाई दुःख पर्दा सबैले सहयोग गर्ने हो । यदि कसैको ईच्छा भए सहयोग गर्न अपिल गर्दछु ।’  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...