2077 आश्विन 13 मंगलवार

भारतीय अर्थतन्त्र २४% ले खुम्चीयो, नेपालमा रेमिट्यान्समा धक्का देखि बेरोजगारी बढ्ने

  |      10:00:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
भारतीय अर्थतन्त्र २४% ले खुम्चीयो, नेपालमा रेमिट्यान्समा धक्का देखि बेरोजगारी बढ्ने

काठमाडौं, भदौ २९ । भारतको तथ्यांक तथा आयोजना कार्यान्वयन मन्त्रालयले त्यहाँको कुल गार्हस्थ उत्पादन झन्डै २४ प्रतिशतले खुम्चने जनाएको छ । कुल ब्यापारको ६२ प्रतिशत र बिप्रेषणको झन्डै १५ प्रतिशत हिस्सा ओगटेको भारतको अर्थतन्त्र खुम्चिदा त्यसले नेपालमा  बेरोजगारी बढाउने देखि महंगीमा समेत प्रभाव पार्ने देखिएको छ।

भारतमा झन्डै २० लाख नेपालीहरु रोजगारीमा रहेको आकलन गर्ने गरिन्छ  । तिनले नेपालमा पठाउने रकमले कुल बिप्रेषण आप्रबाहको झन्डै १५ प्रतिशत  हिस्सा ओगट्छ । कामदारका साथै नेपालले भारतमा उत्पादित बस्तु पनि पठाउँछ ।

गत वर्ष मात्रै कुल निर्यात मध्ये ७२ प्रतिशत भारतमा पठाइएको थियो । जुन प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ । अघिल्लो आर्थिक  वर्षमा ६५ प्रतिशत निर्यात भएको थियो ।

त्यस्तै कुल बस्तु आयात मध्ये  भारतबाट ६२ प्रतिशत आयात गर्ने गरिन्छ । भौगोलिक, संस्कृति तथा ब्यापारिक रुपमा जोडिएको मुलुक भारतको अर्थतन्त्र भने  चालिस वर्ष यताकै पहिलो पटक ऋणात्मक भएको छ । 

सन् १९७९ मा बिश्वब्यापी रुपमा भएको पेट्रोलियम पदार्थको अभाव , मजुदुरहरुको आन्दोलन र खडेरीका कारण  भारतको अर्थतन्त्र १९८० मा भारत ५ दशमलव २ प्रतिशतले ऋणात्मक भएको थियो । त्यसपछि निरन्तर सुधार  हुँदै गएको भारतीय अर्थतन्त्र ४० वर्ष पछि २३ दशमलव ९ प्रतिशतले खुम्चने त्यहाको  आयोजना कार्यान्वयन मन्त्रालयले जनाएको छ । 

नेपालीहरुमात्रै काम खोज्दै भारत जाने होइन भारतीयहरुपनि कामको खोजिमा नेपालमा आउँछन् । नेपाल आएका झन्डै ६ लाख भारतीय कामदारले  वर्षेनि झन्डै ३ खर्ब बराबरको रकम  भारत पठाउने गर्छन् ।

जबकी नेपालले भने भारतबाट जम्मा १ खर्ब २८ अर्ब रुपैयाँ बिप्रेषण भित्राउछ । भारतमा उत्पादन घट्दा त्यसले बेरोजगारी बढाउने र त्यहाँका कामदार नेपालमा आएर सस्तोमा काम गर्दा यहाँका पनि कैयन मजुदर बेरोजगार हुनेछन् ।

कामको खोजिमा भारत गएका नेपालीहरु काम नपाएर नेपाल आउदा यसले गरिबि मात्रै बढाउने छैन, त्यसले साक्षरतामा पनि प्रभाव पार्नेछ ।

भारतले उत्पादन नबढाउँने र मागमा चाप पर्दा त्यसले मूल्यबृद्धि समेत गराउने देखिन्छ । निर्माण सामाग्री तथा अन्य औद्योगिक कच्चा पदार्थ समेत भारतबाटै आयात हुने हुँदा भारतमा हुने महंगीको मारमा नेपाल पनि पर्ने देखिन्छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...