2077 आश्विन 13 मंगलवार

म्युच्युअल फन्डमा संस्थागत लगानीकर्ताको दवदवा, ब्यक्तिगत लगानीकर्ता छाँयामा

  |      10:23:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
म्युच्युअल फन्डमा संस्थागत लगानीकर्ताको दवदवा, ब्यक्तिगत लगानीकर्ता छाँयामा

काठमाडौं, भदौं ३० । सेयर बजारबाट कमाउन चाहने तर जोखिम मोल्न नचाहने लगानीकर्ताका लागि ल्याइएका सामूहिक लगानी कोष अर्थात म्युचल फन्डमा संस्थागत लगानीकर्ताकै दबदबा देखिएको छ ।

१५ मध्ये १३ वटा फन्डमा ५० प्रतिशतभन्दा बढी लगानी संस्थागत लगानीकर्ताको छ । सेयर बजारबाट प्रतिफल लिन चाहने तर जोखिम बहन गर्न नचाहने र कम्पनीको वित्तीय अवस्था विश्लेषण गर्न नसक्ने लगानीकर्तालाई लक्षित गरी म्युचल फन्ड सञ्चालनमा ल्याइएको हो ।

अहिले त्यस्ता १५ वटा फन्ड सञ्चालनमा छन् । तर ती फन्डमा सर्वसाधारणको लगानी निकै न्युन छ ।  म्युचल फन्डमा संस्थागत लगानीकर्ताकै बर्चस्व छ । एउटा उदाहरण हेरौं, सनराइज म्युचल फन्डमा व्यक्तिगत लगानीकर्ताो हिस्सा ६ प्रतिशत मात्र छ ।

बाँकि ९४ प्रतिशत लगानी संस्थागत लगानीकर्ताको हो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथमा पनि करिब ९४ प्रतिशत सेयर संस्थागत लगानीकर्तासँग छ ।

एनएमबी ५०, सिटिजन्स म्युचल फन्ड दुई र ग्लोबल आईएमई समुन्नत योजनामा पनि व्यक्तिगत लगानीकर्तासँग २० प्रतिशत सेयर छैन ।

धेरै म्युचल फन्ड सेयर बजार घटेका बेला आएको र सर्वसाधारण लगानीकर्ताले रुचि नदेखाएकाले संस्थागत लगानीकर्ता हावी भएको सञ्चालकहरुको भनाइ छ ।

त्यसो त ५ देखि १० वर्षमा परिपक्व हुने गरी सञ्चालनमा ल्याइएका केहि म्युचल फन्डले तीन वर्षसम्म लाभांस नै दिएका छैनन् ।  

कतिपय फन्डको प्रति इकाइ खुद सम्पत्ति १० रुपैयाँभन्दा माथि हुँदा पनि लगानीकर्ताले दोस्रो बजारमा १० रुपैयाँभन्दा कम अर्थात घाटा सहेर बेचिरहेका छन् ।

फन्ड व्यवस्थापन गरेबापत लिने शुल्क उच्च हुनु पनि सर्वसाधारण लगानीकर्ताको आकर्षण नहुनुको कारण हो । फन्ड व्यवस्थापकको कमजोरीका कारण कतिपय फन्डले आम्दानी बढाउनै सकेका छैनन् । 

यस्तो अवस्थामा पनि व्यवस्थापकले आकर्षक सुविधा लिन भने छाडेका छैनन् ।जसका कारण पनि लगानीकर्ताहरुको यसमा आकर्षण हुन नसकेको हो ।

म्युच्युल फन्डमा लगानी बढाउन सेवा शुल्कमा कमी ल्याउनु जरुरी छ । साथै फन्ड म्यानेजरहरुले लगानीको नयाँ उपाय अपनाएर भएपनि लगानीकर्तालाइ लाभ दिन सक्नुपर्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...