2077 कार्तिक 07 शुक्रबार

सिधै डिसहोम सिनेमा घरमा ‘शिरफूल’

  |      14:02:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
सिधै डिसहोम सिनेमा घरमा ‘शिरफूल’

काठमाडौ, असोज ९ । देश विदेश एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको नेपाली कथानक चलचित्र ‘शिरफूल’ कोरोना महामारीकैबीच दर्शकमाझ आउँदै छ । कोरोनाको विश्व महामारीले सबै क्षेत्र प्रभावित भइरहेका बेला ‘शिरफूल’ निर्माण युनिट वैकल्पिक माध्यमबाट चलचित्र प्रदर्शन गर्ने निधोमा पुगेको हो । 

यही असोज १६ गते डिसहोम सिनेमा घर च्यानल नम्बर १०८ मार्फत ‘शिरफूल’ प्रदर्शन हुँदैछ । सिधै डिसहोम सिनेमा घर, च्यानल नम्बर १०८ मा दैनिक ८ वटा ‘शो’ हेर्न सकिनेछ । विहान १, ४, ७ र १० बजे हेर्न सकिनेछ भने दिउँसो १, ४ र बेलुकी ७ तथा राती १० बजे शो राखिएको छ । नाइस मिडिया नेटवर्क प्रालिको व्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘शिरफूल’को निर्देशन कमल एक्चै मगरले गर्नु भएको छ । ‘शिरफूल’मा आधुनिकताको बढ्दो प्रभावलाई मुख्य विषयवस्तु बनाइएको छ । 

र, ‘शिरफूल’ नारी प्रधान चलचित्र हो । यो चलचित्रले युवा पुस्तामा देखिएको पश्चिमा संस्कृतिको प्रभावलाई चित्रण गर्ने प्रयत्न गरेको छ । प्रेम, कला र संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दै गएको परिप्रेक्ष्यमा ‘शिरफूल’ले विषयवस्तुलाई गहन ढंगले उठान गरेको छ । यो चलचित्रमा अभिनेत्री रुपा राना बाहेक अधिकांश थिएटरकै कलाकार छन् । 

‘शिरफूल’मा विनिता मगर, राज थापा, रुपा राना, देव आले मगर, पूजा गदाल, नीता पुन, नमिता तामाङ, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगरल, मरिश्का पोख्रेल गायतको मुख्य अभिनय रहेको छ भने हरि लम्सालको संगीत, डिपी खानाल र सन्दीप थापाको गीत रहेको छ ।

 सिद्धान्त एस. पौडेलको निर्माण नियन्त्रण रहेको ‘शिरफूल’लाई निरोज श्रेष्ठले खिचेका हुन् । ‘शिरफूल’ निर्देशक कमलको देखि कलाकारसम्म डेब्यु गर्दैछन् । ‘शिरफूल’ कमलको निर्देशन डेब्यु चलचित्र हो भने यो चलचित्रमार्फत चर्चित लोकगायिका नीता पुन र गायक देव आले मगरले समेत अभिनयमा डेब्यु गरेका छन् । यसअर्थ ‘शिरफूल’ले नेपाली चलचित्र नगरीमा नयाँ कलाकार उतारेको छ । ‘शिरफूल’को छायांकन काठमाडौंसहित तनहुँ, पोखरा र सोलुखुम्बुको विभिन्न स्थानमा गरिएको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...