2077 कार्तिक 07 शुक्रबार

प्रवासबाटै नेपाली गीतको मोहः ज्योतीले ल्याइन् ‘यो कस्तो माया’

  |      21:05:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
प्रवासबाटै नेपाली गीतको मोहः ज्योतीले ल्याइन् ‘यो कस्तो माया’

काठमाडौ, असोज ११ । ‘न सहारा दिन्छ तिम्रो मायाले, न छुट्करा दिन्छ तिम्रो मायाले ।’ ‘यो कस्तो माया लाएछु मैले, न छुट्न सकिन्छ, न जुट्न सकिन्छ । ‘यी शब्दले कुनै पनि मायाप्रेममा बाँधिएका सुन्दर जोडीको जिवनका भोगाइमा मेल खान्छ । यस गीतकी लेखक हुन् ज्योती गुरुङ । 

उनले यस गीतमार्फत विदेशमै भए पनि प्रवासबाटै सांगीतिक क्षेत्रमा मौलिकताको बाटो रोजेकी छन् । स्याङ्जा जिल्ला स्थायी घर भएकी गीतकार गुरुङ विगत केही वर्ष अगाडिदेखि युकेमा बसोबास गर्दै आएकी छन् । प्रायः कलाकारीता क्षेत्रमा स्याङ्जा जिल्लाकै कलाकार बढी भएको पाइन्छ ।

आफू प्रवासमै भए पनि मातृभूमि देश नेपाल र मौलिक गीत संगीतको मोहले तानेपछि यस ‘यो कस्तो माया’ नाम गरेको हरेक मायाप्रेममा गाँसीने जोडीका यथार्थ विषयलाई चित्रण गरेर गीत बजारमा ल्याएको रचनाकार गुरुङले बताइन् । उनका कलमी हातले कोरेका प्रेम प्रसंगका शब्दको गीतमा चर्चित गायिका मेलिना राईले समधुर आवाजमा स्वर दिएकी छन् ।

त्यस्तै, उक्त गीतमा गायक एवं संगीतकार अर्जुन सुनामले संगीत भरेका छन् भने बिबी अनुरागको संगीत संयोजन रहेको छ । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतलाई श्यामस्वेत रसाइलिले मिक्सिङ गरेका हुन् । गीतको मर्म र शब्दको भाव अनुसार नै कडा मिहेनतले गीतमा संगीत भरेको संगीतकार अर्जुन सुनामले जानकारी दिए ।

जेजी क्रियशनको युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । युकेकै विभिन्न रमणिय स्थानमा उक्त भिडियो छायांकन गरिएको गीतकार गुरुङले जमनकारी दिइन् । प्रायः नेपाली गीत संगीतको भिडियो विदेशमा छायांकन भएर बजारमा आएको कमै मात्रामा पाइन्छ ।

यस गीत र भिडियोले नेपाली गीत र म्युजिक भिडियो विदेशमा पनि छायांकन हुँदो रहेछ भन्ने सांगीतिक क्षेत्रमा उदाहरण कायम गरेको छ । कुशल श्रेष्ठले उक्त भिडियो निर्माण गरेका छन् । उनले निर्देशन, छायांकन र सम्पादन समेत एक्लै गरेका हुन् । त्यस्तै, धुर्व निरौला, निरु कोइराला, आस्था जोशी र बाल कलाकार स्वस्था जोशी बटाजुको त्यस भिडियोमा अभिनय रहेको छ ।

यस गीत रेकर्डिङदेखि भिडियो निर्माणसम्म नेपालबाट गीतकार तथा राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले महत्वपूर्ण भूमिका निभाएर सहयोग गरेको गीतकी रचानाकार ज्योती गुरुङले बताइन् । उनले सुरुमै नेपालबाट आफूलाई युके जानमा पनि अध्यक्ष बिजीको महत्वपूर्ण साथ एवं भूमिका रहेकोसमेत जानकारी दिइन् ।

आगामी दिनमा पनि यस सांगीतिक क्षेत्रदेखि विविध विषयमा रमेश बिजीकै साथ र सहयोगले अघि बढ्ने आशा लिएको बताइन् । ‘उहाँको धेरै महत्वपूर्ण भूमिकाबाट म यो स्थानमा आएको छु, बाँकी दिनमा पनि उहाँकै साथले सांगीतिक क्षेत्रमा अघि बढ्ने आशा लिएको छु’, गुरुङले भनिन् ।

कलाकार बन्न चाहने र नेपाली गीत संगीतको मौलिकतालाई कदर गर्नेलाई हरेक कोणबाट साथ दिने अध्यक्ष रमेश बिजीले बताए । यस ‘यो कस्तो माया’ गीतले नेपाली गीत संगीतको मौलिकता बोकेको उनले जिकिर गरे ।

‘विदेशी भूमिमा रहेर पनि ज्योती जिको नेपाली गीत संगीतको चासो र मोहप्रति मलाई गर्वको महसुस् भएको छ, सुरुवातमै प्रवासबाट मौलिक गीत बजारमा ल्याएर उहाँ नेपाली सांगीतक बजारमा एक उदाहरणिय कलाकार बन्नुभएको छ’, अध्यक्ष बिजीले भने । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...