2077 कार्तिक 12 बुधबार

१९ गतेदेखि तातोपानी नाका असोज खुल्ने

  |      18:07:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
१९ गतेदेखि तातोपानी नाका असोज खुल्ने

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले असोज १९ गते ९अक्टोबर ५ तारेख० देखि चीनबाट सामान नेपाल आइपुग्ने अनलाइनखबरलाई जानकारी दिए ।

मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको हो ।

दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको प्रजिअ ढकालले जानकारी दिए । ‘नाका खोल्ने विषयमा सहमति भएको हो’ उनले भने, ‘उनीहरुले  सेप्टेम्बर ४ तारेखसम्म तयारी पूरा गर्छन् र ५ तारेख बाट सामान हाम्रोमा आइपुग्छ ।’

नाका खुल्ने दिनसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुपर्नेछ । ‘हामीले सामान लोड गर्ने  मान्छे तयार पार्नुपर्छ । २५ जनाको ग्रुप यसअघि नै थिए, थप २९ जनाको ग्रुप तयार पार्छौं’ प्रजिअ ढकालले भने ।

तातोपानी भन्सार कार्यालय प्रमुख लालाबहादुर खत्रीका अनुसार चीनबाट ल्याएका सामान लोड अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५ जना र २९ जनाको दुई वटा श्रमिक समूह तयारी अवस्थामा रहनेछ ।

श्रमिकको हरेक ५र५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति भएको उनले जानकारी दिए । छलफलमा नेपालको तर्फबाट सिन्धुपाल्चोकको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, भन्सार प्रमुख, सीमा सुरक्षा बलका अधिकारी र जिल्ला प्रहरी प्रमुखलगायतको सहभागिता थियो ।

नेपालतर्फ पहिरो खसेका कारण असार २४ गतेदेखि नेपालकै आग्रहमा तातोपानी नाका बन्द गरिएको थियो । तर सडक मर्मत सकिएपछि नेपालले आग्रह गर्दा पनि तिब्बतको हिमताल फुट्ने जोखिमलाई कारण देखाउँदै चीनले नाका खोल्न आनाकानी गरेको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...