2077 कार्तिक 12 बुधबार

नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड सम्पन्न, क–कस्ले जिते अवार्ड ?

  |      15:48:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड सम्पन्न, क–कस्ले जिते अवार्ड ?

काठमाडौं । नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७ आज राजधानीमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका कलाकारहरुलाई सम्मान एवं प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको उक्त अवार्डमा गीतसंगीत, चित्रकला र सौन्दर्य कलामा क्रियाशील रहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चूडामणी देवकोटा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, गायिका मन्जु पौडेल, निर्देशक प्रकाश भट्ट, कलाकार विनोद केसी, कलाकार उत्तम केसी, निर्माता तथा युवा नेता मदुकुमार श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

अवार्डको सल्लाहकार समूहमा चलचित्र लेखक तथा निर्देशक मोहन निरौला, चलचित्र निर्देशक, कलाकार एवं संचारकर्मी दिनेश डिसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ रंग पत्रकार विदुर गिरी, अभिनेता तथा निर्माता नवराज श्रेष्ठ रहेका थिए । त्यस्तै आयोजक संस्था क्रियटिभ इन्साइट मिडियाको आयोजनामा भएको यस अवार्ड कार्यक्रमलाई शुभकामना मिडिया सोलुसनले इभेन्ट व्यवस्थापन गरेको हो ।

आयोजक कमिटिमा अध्यक्ष सूर्य चन्द, संयोजक सविता पोखरेल, कार्यक्रम निर्देशक सुमन पण्डित, सदस्य सचिव रोशन पोखरेल, सदस्यद्वय तुलसी गिरी भावुक र सन्दिप महत रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष सूर्य चन्दले संगीतकर्मीहरुले लकडाउनको परिस्थिति र कोरोनाको कहरसँगै पनि यो कार्यक्रमलाई विश्वास गरेर सहभागी हुनुभएकोमा धन्यवाद व्यक्त गर्दै कलाक्षेत्रमा क्रियाशीलहरुलाई सम्मान तथा अवार्ड प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे ।

त्यस्तै प्रमुख अतिथि माननीय शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कला क्षेत्रमा निरन्तर क्रियाशील रहेका कलाकारहरुलाई सम्मान गर्नु सबैको दायित्व भएको बताउँदै यस्तो कार्यक्रमले कलाकारलाई अझ उर्जा मिल्ने बताए । कार्यक्रममा सहभागी भएका कलाकारहरुमध्येबाट निर्णायकहरुले उत्कृष्ट १ घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न ६२ विधामा अवार्ड प्रदान गरिएको थियो ।

सोना अमात्यले सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड चुम्न सफल भइन् आभास श्रेष्ठले सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड चुम्न सफल भए । आधुनिक संगीतकार विकास चौधरी भए भने आधुनिक गीतकार हरि उप्रेतीले चुम्न सफल भए । त्यस्तै उत्कृष्ट दशैं गीत गायक लोक पौडेल भ एभने उत्कृष्ट मौलिक गायिका सुनिला गुरुङले चुम्न सफल भइन् ।

त्यस्तै मानसराजले सर्वोत्कृष्ट पप गायकको अवार्ड चुम्न सफल भए गायिका लक्ष्मी पुरीले सर्वोत्कृष्ट पप गायिकाको अवार्ड चुम्न सफल भइन् । त्यस्तै कृष्ण केसीले सर्वोत्कृष्ट गायक लोकदोहोरीको अवार्ड चुम्न सफल भए भने सविता परियारले सर्वोत्कृष्ट गायिका लोकदोहोरीको अवार्ड चुम्न सफल भइन् । त्यसैगरी वर्षको पपुलर मोडलतर्फ रिना थापाले अवार्ड चुम्न सफल भइन् भने दर्शक स्रोताहरुले मन पराइदिनुभएको आधारमा वर्षको पब्लिक च्वाइस अवार्ड सुरेन्द्रक कुमार दाहाल (एसके दाहाल)ले चुम्न सफल भए ।

त्यस्तै पपुलर गायिका लोकदोहोरीतर्फ सिता केसीले अवार्ड चुमिन् भने पपुलर गायक लबकुमार भट्टले अवार्ड चुम्न सफल भए । त्यस्तै पपुलर गायिका आधुनिकमा सुजाता केसीले आवर्ड चुम्न सफल भइन् भने पपुलर गायिका तिजतर्फ कोपिला गौतमले अवार्ड चुम्न सफल भइन् । त्यस्तै सर्वोत्कृष्ट युगल गायन आधुनिकमा शिखर सन्तोष र सुष्मा पूर्णिमा अर्यालले चुम्न सफल भए भने पूर्वेली युगल गायनमा मेनुका राई र युवा राईले चुम्न सफल भए ।

अवार्डमा आधुनिक, लोकदोहोरी, पप, लोकपप, आधुनिक पप, दशैं गीत, तिज गीत र पूर्वेली गीत गरि विभिन्न ६२ विधाका स्रष्टा र सिर्जनाले अवार्ड चुमेका थिए । त्यस्तै अवार्ड कार्यक्रमको अवसरमा सौन्दर्य व्यवसाय, समाजसेवी, कलाकार, गीतकार, खेलाडी, पत्रकार लगायत २० जना समाजमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो ।

अवार्ड चुम्ने विधाहरु निम्न रहेका छन्:

अवार्ड चुम्ने स्रष्टा तथा सिर्जना

सर्वोत्कृष्ट गायिका (आधुनिक)
सोना अमात्य – डाली चरी भुइँमा खस्यो

सर्वोत्कृष्ट गायक (आधुनिक)
आभास श्रेष्ठ – सल्लाघारीमा

सर्वोत्कृष्ट संगीतकार (आधुनिक)
विकास चौधरी –बाँच्न जति गाह्रो

सर्वोत्कृष्ट गीतकार पुरुष (आधुनिक)
हरि उप्रेती– शंकाले लंका

सर्वोत्कृष्ट गीतकार महिला (आधुनिक)
तारा अधिकारी – फुलेको केश

सर्वोत्कृष्ट युगल गायन (आधुनिक)
शिखर सन्तोष –सुष्मा पूर्णिमा अर्याल – पिरतीमा

पपुलर गायिका अफ दि इयर (आधुनिक)
सुजाता केसी – बाजा बजाउँदै

पपुलर गीतकार अफ दि इयर (आधुनिक)
प्रतिमा गुरुङ – विस्तारै विस्तारै

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष (आधुनिक)
गौतम खाती – कोरेको छु तिम्रो तस्विर

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला (आधुनिक)
सरिता श्रेष्ठ ‘सारा’ – भूल

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक (आधुनिक)
जसबहादुर याख्खा ‘जसु’ – फूलको कुरा

पपुलर म्यूजिक भिडियो निर्देशक अफ दि इयर (आधुनिक)
हाङ चेमजोङ – तिमी र म

जुरी अवार्ड (गायिका आधुनिक)
विद्या तिवारी – भोगाइ जीवन

पपुलर म्यूजिक भिडियो मोडल अफ दिइ इयर (आधुनिक)
प्रतिक्षा खड्का – हाँस्न मन

जुरी अवार्ड (आधुनिक गायिका)
मन्जु उपासना – मुटुमा चोट

सर्वोत्कृष्ट नव म्यूजिक भिडियो मोडल (आधुनिक)
सुजना बर्देवा – मलाई होइन तिम्लाई सुखी

सर्वोत्कृष्ट नव म्यूजिक भिडियो मोडल
समीर खान – मायाको बजार

जुरी अवार्ड (आधुनिक गायक)
सरोज कोइराला – मन मेरो केवल

पपुलर गायक अफ दि इयर (आधुनिक)
सुरज पौडेल – लभ

सर्वोत्कृष्ट गायक (पप गीत)
मानसराज – हिरो

सर्वोत्कृष्ट गायिका (पप गीत)
लक्ष्मी पुरी प्रधान

सर्वोत्कृष्ट नवगायक (पप आधुनिक)
राजकुमार देवकोटा (मोबाइलको वालपेपर)

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष (पप गीत)
राजु ग्याबक – जानी नजानी
जुरी अवार्ड (पप गायक)
चिरञ्जीवी भण्डारी – बदमास

जुरी अवार्ड (पप गायिका)
नम्रता तामाङ – नगर शंका

सर्वोत्कृष्ट गायिका (लोक आधुनिक)
उषा मलाहा – झापाको सुपारी

सर्वोत्कृष्ट गायिका (पप आधुनिक)
डा.रानी शाक्य – संसार फेर्न

सर्वोत्कृष्ट युगल गायन (लोक आधुनिक)
सहिमा श्रेष्ठ र विक्रम राना – मोयाले

सर्वोत्कृष्ट पपुलर मोडल अफ दि इयर (लोक आधुनिक)
सुजल बम – बैनी झ्यालैमा

इन्करेजमेन्ट अवार्ड (म्यूजिक भिडियो मोडल)
श्रद्धा भुसाल – बैनी झ्यालैमा

सर्वोत्कृष्ट गायक (दशैं गीत)
लोक पौडेल – घरघरमा आयो दशैं

सर्वोत्कृष्ट गायिका (तिज गीत)
धनकुमारी थापा सरु – जाम नाच्न जाम

सर्वोत्कृष्ट संगीतकार (तिज गीत)
इन्द्र बहादुर दाहाल – कोरोना भाइरसमा फसौला

सर्वोत्कृष्ट गीतकार (तिज गीत)
गीता अधिकारी – बजाउँदै चूरा

पपुलर गायिका अफ दि इयर (तिज गीत)
कोपिला गौतम – घरमै बसेर दर खाउँला

सर्वोत्कृष्ट नव गायिका (तिज गीत)
यमुना अर्याल – माहुरीको घार

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष (तिज गीत)
समीर खान – दामी छ चिज

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला (तिज गीत)
अस्मिता जुरेली – दामी छ तिज

सर्वोत्कृष्ट नव म्यूजिक भिडियो मोडल (तिज गीत)
कुसुम दुलाल ‘सिम्रन’ – कोरोना भाइरसमा फसौला

सर्वोत्कृष्ट गायिका (मौलिक गीत)
सुनिला गुरुङ – उत्तरी गोरखा

सर्वोत्कृष्ट पूर्वेली युगल गायन
मेनुका राई र युवा राई – ढल्कियो जोवन

सर्वोत्कृष्ट पूर्वेली लोक गायक
केशव राई – ताप्लेजुङको पाथिभारा

सर्वोत्कृष्ट गायिका (लोकदोहोरी)
सविता परियार – गावै रमाइलो

सर्वोत्कृष्ट गायक लोकदोहोरी
कृष्ण बहादुर सुवेदी – बनपाले

सर्वोत्कृष्ट नव गायिका (लोकदोहोरी)
सोनु सिंह – माटो काटी चपरी

सर्वोत्कृष्ट संगीतकार (लोक दोहोरी)
मनोहर सुनाम– काठमाडौंमा छैन मेरो घर

सर्वोत्कृष्ट गीतकार (लोकदोहोरी)
भोला पौडेल – काठमाडौंमा छैन मेरो घर

पपुलर गायिका अफ दि इयर (लोकदोहोरी)
सिता केसी – गोधुली साँझैमा

पपुलर गायक अफ दि इयर (लोकदोहोरी)
लबकुमार भट्ट – बनको भलायो

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला (लोकदोहोरी)
सोनाम गुरुङ – तिम्रो रुपैले

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल (लोकदोहोरी)
अवतार शाक्य– आकाश रुन्छ

पपुलर म्यूजिक भिडियो मोडल अफ दि इयर (लोकदोहोरी)
रिना थापा मगर – हिमाल हाँसेको

पब्लिक च्वाइस अवार्ड (लोकदोहोरी)
एसके दाहाल – रुँदै बाटो छेकम

सर्वोत्कृष्ट नव गायक (लोकदोहोरी)
नवीन पौडेल – मदानी

इन्करेजमेन्ट अवार्ड लोकदोहोरी
प्रतिक्षा केसी, बर्दिया राम्रो

सर्वोत्कृष्ट आर्टिष्ट अफ दि इयर
ज्योति प्रकाश – चित्रकार

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
रुद्रसेन विश्वकर्मा – हाम्रो प्यारो नेपाल

क्रिटिक्स अवार्ड ( राष्ट्रिय भावको संगीतकार)
कोशिष क्षेत्री – गोर्खाली

सर्वोत्कृष्ट इभेन्ट डाइरेक्टर
निशुकान्त झा – रिवन इन्टरटेनमेन्ट





Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...