2077 मंसिर 10 बुधबार

उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल हुँदै
निशुल्क तालीम तथा एक देखि तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा प्रवाह हुने

  |      11:28:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल हुँदै

काठमाडौ । उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान आयोजना गर्ने भएको छ । युवाहरुको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक मार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालको बिशेष उपस्थीतिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । 
यस कार्यक्रम मार्फत प्रवाह गरीने कर्जा न्युनतम एक देखि अधिकतम तीन प्रतिशत ब्याजदर कायम गरिएको र अधिकतम  १५ लाख रुपैंया सम्म सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताउनु भयो । समझदारी पत्र हस्ताक्षर समारोहमा बोल्दै मानीय मन्त्री अरुण नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निशुल्क रुपमा तालीम प्रदान गर्ने बताए । ज्ञान, सीप र प्रविधि सहित निकै सस्तो ब्याजदरमा बिना धितो युवाहरुले कर्जा समेत प्राप्तगर्ने भएकाले यो आर्थिक बर्षमा एकसय भन्दा बढि नयाँ स्टार्टअप कम्पनीहरु स्थापना हुने मन्त्री नेपालले बिश्वास ब्यक्त गरे । नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नयाँ युवा उद्यमीका पूर्ण प्याकेज सहितको कार्यक्रम डिजाइन गरिएको जानकारी दिए । 
नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधा मा भएका युवाहरुलाई निशुल्क रुपमा सरकार, निजि क्षेत्र सहितको साझेदारीमा यो कार्यक्रम अगाडि सारेको फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेको भनाई रहेको छ । समझदारी अनुसार मङ्सीर पहिलो हप्ताबाट आइडिया कल सुरु हुने छ । पुस र माघ महिनामा आइडिया पठाउने युवाहरुलाई तालीमप्रदान गरी फागुन र चैत्र महिनामा सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ । नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने आयोजकहरुले बताएका छन् । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा  रहित बैंकिङ्ग रहेको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...