Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

फागुन २५ देखि पशुपतिनाथमा विशेष पूजा

फागुन २५ देखि पशुपतिनाथमा विशेष पूजा

images
  • फाल्गुण १९, २०७७ बुधवार १४:४१ बजे
  • 3.0K
    SHARES
  • images
    images
    फागुन २५ देखि पशुपतिनाथमा विशेष पूजा
    images
    images

     काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाले जानकारी दिए ।

    images

    हाललाई एक हजार १ सयदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजा मात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । कोषले महाशिवरात्रीको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते महाशिवरात्रीका दिन पाँच हजार १ सय र ११ हजार रुपैयाँका गरी दुई किसिमका विशेष पूजा मात्र गर्ने गरी तयारी गरिएको उनले बताए ।

    महाशिवरात्रीका दिन पाँच हजार १ सयको रसिद काटी विशेष पूजा गर्नेबाट दुई र ११ हजार रुपैयाँको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजनालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

    कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने गरेको छ । विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५—७६ मा विशेष पूजाबाट नौ करोड ४० लाख ९३ हजार रुपैयाँ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोना महामारीका कारण विशेष पूजा रोकिएको थियो ।

    images
    images
  • सम्बन्धित विषय:

  • # पशुपतिनाथ मन्दिर

  • ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको