Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • शिक्षा
  • पुरानो नक्सा छापेर पुस्तक बिक्री गरे...

पुरानो नक्सा छापेर पुस्तक बिक्री गरे जफत हुुने

पुरानो नक्सा छापेर पुस्तक बिक्री गरे जफत हुुने

images
images
  • 2.1K
    SHARES
  • images
    पुरानो नक्सा छापेर पुस्तक बिक्री गरे जफत हुुने
    images
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिएकाछन । केही निजी प्रकाशकले नया संस्करण उल्लेख गरी  नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएकाहुुन । पाठ्यक्रम विकास तथा मुल्याङकन परिषदको आज सम्पन्न ८८ औ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुुन । 

    images


    उहाँले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गर्ने पुस्तक प्रकाशक र  वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने,  पुरानो नक्सा अंकित बजारमा बिक्रि भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएकाछन । प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन । तपाईहरुले अनुगमन गर्नुस, देशको आच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गरेको पाईए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस–मन्त्री श्रेष्ठको निर्देशन रहेको थियो । 


    मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखि नया पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । उनले भने यस विषयमा तत्काल अनुगमन गर्नेछौ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउनेछौ । उनले सरकारले नया नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए । 


    अधिकांस बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्रि गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाउने जानकारी दिए । उनले भने, पुरानो नक्सा राखेर पुस्तक छापाई गरेको जानकारी पाएका छौ, ती मध्य केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रकृया अघि बढाएका छौ–उनको भनाई थियो । अधिकांस पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरनै नक्सा राखेर छपाई गरेको पाईएको छ । मन्त्री श्रेष्ठले सरकारले जारी गरेको चुच्चे नक्सा नराखि प्रकाशन गर्ने पुस्तक ब्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुुन । 
    बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सुचीकृत मा परेका प्रकाशकको पुस्तक छपाईका लागि स्वीकृत दिन समेत निर्देशन दिएकाछन । बैठकले विभिन्न विषयका कक्षा ६–८ को पाठयक्रम स्वीकृत गरेको छ । 

    images
  • सम्बन्धित विषय:

  • # पुस्तक

  • ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको