Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • लगानी
  • हकप्रद शेयर(Right Share) निष्कासनको प्रस्ताव गर्दै...

हकप्रद शेयर(Right Share) निष्कासनको प्रस्ताव गर्दै युनियन हाइड्रोपावरले बोलायो साधारण सभा

हकप्रद शेयर(Right Share) निष्कासनको प्रस्ताव गर्दै युनियन हाइड्रोपावरले बोलायो साधारण सभा

images
images
  • 2.7K
    SHARES
  • images
    हकप्रद शेयर(Right Share) निष्कासनको प्रस्ताव गर्दै युनियन हाइड्रोपावरले बोलायो साधारण सभा
    images
    images

    काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा असार २५ गतेका लागि आव्हान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ को वार्षिक साधारण सभा गर्न लागेको हो । 

    images

    दुबै आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु सहित हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नका लागि कम्पनीले सभा बोलाएको हो । कम्पनीद्वारा प्रबद्धित ३ मेगावाट क्षमताको मिदिम खोला करापु जलविद्युत आयोजनको लागि लिईएको ऋण व्यवस्थापन र अन्य आयोजनाको अध्ययन तथा विकासका लागि आवश्यक रकमका लागि कम्पनीहले हकप्रद शेयर मार्फत पूँजी जुटाउने योजना बनाएको हो ।

    साथै संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहको तर्फबाट एक जना महिला सहित तीन जना गरी कुल ६ जना सञ्चालकको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । सभाका लागि असार १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको