Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • शिक्षा
  • बालबालिकालाई शैक्षिक हिसाबले उकृष्ट बनाउनुु पर्नेमा...

बालबालिकालाई शैक्षिक हिसाबले उकृष्ट बनाउनुु पर्नेमा जोड प्रधानमन्त्रीको जोड

बालबालिकालाई शैक्षिक हिसाबले उकृष्ट बनाउनुु पर्नेमा जोड प्रधानमन्त्रीको जोड

images
images
  • 2.5K
    SHARES
  • images
    बालबालिकालाई शैक्षिक हिसाबले उकृष्ट बनाउनुु पर्नेमा जोड प्रधानमन्त्रीको जोड
    images
    images

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिकरुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोली देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउन सक्ने बताएकाछन । बुधबार राजधानीमा सम्पन्न नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन । 

    images

    बालबालिका नै देशको भविष्य भएपनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाकाकारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको प्रधानमन्त्रीले उल्लेख गरे । यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उनले बताए । यसका साथै त्यस्ता संस्थाहरुले कहिलेकाहीँ आफ्नो उचाई विपरित संकिर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत प्रधानमन्त्रीले बताए । 

    प्रधानमन्त्रीबाट बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई _Photo (2).jpg

    ‘परिणाम स्वरुप नेपाली बालकाबालिका अभिभावक विहिन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । हाम्रा छोराछोरी खाते  भन्दै बदनाम गरिए’, उनले भने  ।  यसका साथै विभिन्न ढंगले ब्यक्तिगत स्वार्थमा बालबालिकिालाई प्रयोग गर्ने काम समेत भए । ‘कहिँ रित पुर्याएर त कही गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ’ , प्रधानमन्त्रीको भनाई थियो ।

    सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचार गर्ने र आवश्यक सबै प्रबन्ध गर्ने साथमा उनीहरुलाई अरु बालकालिकाको तुलनामा कम नहुने गरी विकास गर्ने समेत प्रधानमन्त्रीले बताए  । यस कार्यमा बालमन्दिरलाई नेपाल सरकारकातर्फबाट  संठनात्मक तथा भौतिकपुर्वाधारमा पूर्ण सहयोग हुने भनाई पनि उनको थियो ।   नेपाल बाल संगठनले यस तर्फ आफ्नो मनोबल कमजोर गर्ने र हरेस खानु नहुने बताउँदै प्रधानमन्त्रीले संगठन अब कमजोरीहरु हटाइ संगठन अघि बढने समेत बताए । 
    अलगै प्रशंगमा प्रधानमन्त्रीले सरकारले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताउनुभयो । सन २०२१  भित्रै सबै नागरिकहरुलाई खोप लगाइने जानकारी दिँदै उनले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेरै गर्न सकिने धारणा पनि प्रधानमन्त्रीको थियो । 

    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्रीको जोड

  • ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको