Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • समाचार
  • नेपालि सेनाका जवानले व्यारेकभित्र आफैलाई हाने...

नेपालि सेनाका जवानले व्यारेकभित्र आफैलाई हाने गोली !

नेपालि सेनाका जवानले व्यारेकभित्र आफैलाई हाने गोली !

images
images
  • 241.0K
    SHARES
  • images
    नेपालि सेनाका जवानले व्यारेकभित्र आफैलाई हाने गोली !
    images
    images

    महोत्तरी । महोत्तरीमा एक सैनिक जवानले आफैलाई गोली प्रहार गर्दा ज्यान गएको छ । जलेश्वर नगरपालिका–९ स्थित रणभिम गण पर्कौली ब्यारेकमा कार्यरत्त सैनिक जवान २३ वर्षीय अमिर तामाङले आफैलाई गोली प्रहार गरेका हुन् । तामाङले ५.५ मिनि इन्सास हतियारबाट आफ्नै दाँया कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

    images

    अमिरले बुधबार बिहान पौने ६ बजे आफैंलाई गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रणभीम गण प्रकौली  ख गुल्म दरबन्दी रही सोही ब्यारेकको अतिथिगृहसँगै रहेको कोतमा आज बिहान ३ः०० देखि ६ः०० बजेको ड्युटी बसिरहेका कम्प्युटर कोड नं २८८८६१ भएका सिपाही अम्बिरले सँगै ड्युटी बसेका अर्का एक सिपाही करिब ५ः०० आफ्नो ड्युटी सकेर हतियार बुझाउन गएपछि आफू एक्लै भएको अवस्थामा करिब बिहान सवा ५ बजेतिर आफैँले बोकेको ५-५ मिनी इन्सास हतियारबाट आफ्नै बाँया कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोली घटनास्थल पुगेको छ । तामाङले आत्महत्या गर्नुको कारण खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको