Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • समाचार
  • अबदेखी ट्राफिक कारवाहीमा परेर सवारीको कागजपत्रहरू...

अबदेखी ट्राफिक कारवाहीमा परेर सवारीको कागजपत्रहरू लिन कहाँ जाने ? कसरी लिने ?

अबदेखी ट्राफिक कारवाहीमा परेर सवारीको कागजपत्रहरू लिन कहाँ जाने ? कसरी लिने ?

images
images
  • 184.7K
    SHARES
  • images
    अबदेखी ट्राफिक कारवाहीमा परेर सवारीको कागजपत्रहरू लिन कहाँ जाने ? कसरी लिने ?
    images
    images

    काठमाडौ l के तपाई, ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको बारेमा जानकारी लिन चाहानुहुन्छ ? त्यसो हो भने आजदेखि ट्राफिक प्रहरी महाशाखाले शुरुवात गरेको एसएमएसबाटै जानकारी दिने सेवाको प्रयोग गर्नुहोस ।

    images

    बिभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरे पश्चात नियन्त्रणमा लिएका कागजपत्रहरुको बारेमा जानकारी लिनको लागी जानकी टेक्नोलोजीले तयार पारेको मोबाइल एसएमएस मार्फत जानकारी लिन सकिने सेवा आजदेखि शुरु गरेको हो ।

    ट्राफिक महाशाखाले दिदै आएको सेवालाई थप प्रभावकारी, सहज एव सरल बनाई आम  सेवाग्राहीको सुबिधालाई ध्यानमा राखी प्रबिधीको प्रयोग मार्फत अबदेखी ट्राफिक कारवाहीमा परेर सवारीको कागजपत्रहरू लिन कहाँ जाने ? कसरी लिने ? भन्ने दुविधाबाट मुक्त हुने ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले बताउनुभयो ।

    उहाँले यी सवै जानकारी लिन सेवाग्राहीले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा Echalan स्पेस आर्थिक वर्ष स्पेस Chit Number टाईप गरी ३४००१ मा म्यासेज पठाएर तुरुन्त जानकारी प्राप्त गर्न सकिने गरि व्यवस्था मिलाएको समेत जानकारी दिनुभयो ।

    डकुमेन्ट ट्र्याकिङ्ग सिस्टमले मोवाईल एसएमएस मार्फत तुरून्त पुस म्यासेज सेवाग्राहीलाई पठाउने गर्दछ, सोही अनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुनेछ, कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाईन १०३ ब्यस्त हुने हुनाले समेत समस्या हुने गरेको थियो, तर आजदेखी भने एसएमएस सिस्टमले सहज हुने हाम्रो बिश्वास रहेको जानकारी दिनुभयो ।

    उपत्यकाको ४५ वटा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरेतापनि १७ ट्राफिक कार्यालयबाट मात्र नियमानुसार कागजपत्र लिन सकिने व्यबस्था भएका कारण कतिपय टाढाबाट आउने चालकहरुलाइ पर्ने गरेको असुबिधालाई सहज बनाउन यो सेवा प्रभावकारी हुने बिश्वास महाशाखाले लिएको छ ।

    कार्यक्रममा बोल्दै जानकी टेक्नोलोजीका सहायक प्रबन्धक सनम दिप शाक्यले ट्राफिक प्रहरीले प्रबिधीको बिस्तार गरि सेवाग्राहीलाई दिने सुबिधा क्रमश बढाउदै लगेको र यस एसएमएस सेवाले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने बिश्वास गरेको जानकारी दिनुभयो ।

    images
  • सम्बन्धित विषय:

  • # ट्राफिक कारवाही
  • # सवारीको कागजपत्र

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको