Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • समाचार
  • पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क...

मौसम पूर्वानुमान :

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

images
images
  • 946
    SHARES
  • images
    पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
    images
    images

    काठमाडौँ l देशभरको मौसम आइतबार पनि सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (दिनमा) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि हुने सम्भावना छ ।

    यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र यस क्रममा प्रदेश–१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

    जसमा लेखिएएको छ– प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भूागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • # मौसम पूर्वानुमान

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको