Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • प्रवास
  • गोराले पाए बराबरको पेन्सन नपाए आफुहरु...

गोराले पाए बराबरको पेन्सन नपाए आफुहरु मर्ने तर भोक हड्ताल नरोक्ने पूर्व गोर्खाहरुको चेतावनी

गोराले पाए बराबरको पेन्सन नपाए आफुहरु मर्ने तर भोक हड्ताल नरोक्ने पूर्व गोर्खाहरुको चेतावनी

images
images
  • श्रावण २५, २०७८ सोमवार २२:१९ बजे
  • 750
    SHARES
  • images
    गोराले पाए बराबरको पेन्सन नपाए आफुहरु मर्ने तर भोक हड्ताल नरोक्ने  पूर्व गोर्खाहरुको चेतावनी
    images
    images

    समान पेन्सनका लागि बेलायतमा आन्दोनरत पूर्व गोर्खाहरुले, समान अधिकारका लागि, आफुहरु मर्न समेत तयार रहेको चेतवनी दिएका छन् । बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनसन बसेको तेश्रो दिन लाग्दै गर्दा, उनीहरुले, अधिकारका लागि आफुहरु मर्न समेत तयार रहेको चेतावनी दिएका हुन् ।

    images

    सन् १९९७ अघि अबकास पाएका गोर्खालीले पनि अंग्रेज सरह पेन्सन पाउनु पर्ने माग गर्दै,  उनीहरु आन्दोलनमा होमिएका हुन् । पूर्व गोर्खाहरुलाई दिँदै आएको पेन्सन सुविधा, न्यायोचित हुनुपर्ने उनीहरुको माग छ ।

    २० वर्षसम्म बेलायती सेनामा काम गरेका पूर्व गोर्खा ज्ञानेन्द्र राईले आफुहरुले ग्रेट ब्रिटेनकालागि बगाएको रगत पसिना र आसुको अवमूल्यन भएकाले न्यायकालागि अन्तिम सास रहेसम्म लडिरहने बताउनुभयो । 
    त्यस्तै
    १५ वर्ष सेवा गरेका दान बहादुर, गुरुङले पनि, आफुरुसँग अर्को विकल्प नभएकोले प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्ताल बस्नु परेको भन्दै आफुहरुलाइ अन्याय नगर्न बेलायत सरकारसग माग गर्नु भयो ।  

    गोर्खाहरुले, २ सय वर्षदेखि बेलायती सेनामा काम गर्दै आएका छन् । 

    बेलायती रक्षा मन्त्रालयले भने, गोर्खाहरुलाई पर्याप्त मात्रामै पेन्सन दिइएको भन्दै, उनीहरुको योगदानको उच्च सम्मान गरिएको दाबी गरेको छ । साथै, गोर्खा पेन्सन योजना निष्पक्ष रहेको रक्षा मन्त्रालयको भनाइ छ।  व्यापार मन्त्री क्वासी क्वार्टेङले, गोर्खालीहरुले बेलायती सेनामा गरेको योगदानको, आफुले उच्च सम्मान गर्ने बताउनु भयो । 

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको