Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images

कहिलेसम्म कुलमान ?

कहिलेसम्म कुलमान ?

images
images
  • श्रावण २८, २०७८ बिहिवार ०१:०९ बजे
  • 1.6K
    SHARES
  • images
    कहिलेसम्म कुलमान ?
    images
    images

    झण्डै ११ महिनापछि विद्युत प्राधिकरणमा किन कुलमान घिसिङ नै चाहियो ?

    images

    कुलमान बाहेक अरु किन काबिल भएनन् ?

    प्राधिकरण रित्तो भएर कुलमान ल्याइएको हो त ? होइन ।

    हितेन्द्रदेव शाक्यलाइ हटाएर कुलमान नै चाहिनुका अनेक कारण भए पनि मुख्य कारण चाहि माओवादी केन्द्रको राजनीतिक स्टन्ट नै मूख्य हो ।

    कुलमान प्रति जनताको स्नेहभाव देखेर सोही समर्थन पाउन माओवादी कुलमान प्रति आकर्षित भएको जो कोहीले बुझ्न सक्छन् । कुलमानले ४ वर्ष विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्दा केहि चमत्कारिक परिणाम आएकै हुन् । वर्षेनी घाटामा जाने प्राधिकरणलाइ नाफामा ल्याएकै हुन् । दैनिक १८ घण्टाको लोडसेडिङबाट मुलुकलाइ मुक्ति दिलाएकै हुन् । त्यसैले त सारा नेपालीले कुलमानलाइ माया गरे ।

    केपी ओली सरकारले उनलाई दोस्रो कार्यकालमा नदोहरयाएपछि उनको पुर्ननियुक्तिका लागि माइतीघरमा प्लेकार्ड बोकेर उज्यालो चाहनेले नाराबाजी गरे । यहि उनको लोकप्रियतालाइ माओवादी केन्द्रले अहिले क्यास गरेको छ । घुमाउरो पारामा माओवादीले कुलमानलाइ गुन लगाएको छ ।

    राजनीतिक गुन डेन्जर पनि हुन्छ कुनै पनि बेला तिर्नु पर्ने हुन्छ त्यो कुलमानलाइ महंगो सावित नहोस् । नेपाली समाज यस्तो छ चाडै कसैलाइ देउता बनाइदिन्छ अनि छिनभरमै राक्षस पनि । देउता बनाइएका घिसिङलाइ यहि समाजले भोलि कुलंगारमा दर्ज नगरिदिओस् ।

    त्यसैले पनि  कुलमानले यसअघि आफैले बनाएका किर्तिमानीलाइ अब तोड्नु पर्ने छ । अघिल्लो कार्यकालमा लोडेसेडिङ मुक्त गराउदा भूइमान्छेका मन जितेका कुलमानका लागि अब त्यति मात्रैले पुग्दैन ।

    प्राधिकरण भित्रको नीतिगत सुधार र दुरगामी प्रभाव पार्ने काम गर्नु पर्ने छ । भोलि जो कोही प्राधिकरणको नेतृत्वमा आउदा उनले बनाएको प्रणालीले काम गर्न सक्ने हुनु पर्ने छ ।

    असल नेतृत्व त्यही हुन्छ जसले आगामी पिढीकालागि सही निर्देश र प्रणालीको स्थापना गरिदिन्छ । उनी नहुदा पनि भोलिका दिनमा प्राधिकरण चल्न सक्ने आधार तयार पार्न सक्नुपर्छ ।

    सधै भरी आफुलाइ मात्र केन्द्रमा राखेर प्रशंसामा रम्नु भन्दा ४ वर्ष पछि आउने नेतृत्वकालागि कस्तो प्रणाली बनाइ दिने कुलमानकालागि यहि चूनौति हो ।

    हितेन्द्रदेव हुदा हुदै कुलमान नै चाहिने प्रणाली किन बन्यो ? उनले यसअघिको ४ वर्षमा नगरेको यहि काम अब गर्नु पर्ने छ । किनकी  मुलुक सधै एउटै मान्छेको भरमा पर्न सक्दैन ।

    कुलमानले जस्तै हितेन्द्रदेवले पनि गर्न सक्ने गरिको संरचनागत प्रणालीको व्यवस्था गर्नु कुलमानको अबको कर्तब्य हो । 

    images
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ

  • सम्बन्धित समाचार
    धेरै पढिएको