Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images

स्पा सेन्टर मानव स्वास्थ्यलाई तन्दुरुष्ट बनाउने दोस्रो अस्पताल हुन्– व्यवसायी

स्पा सेन्टर मानव स्वास्थ्यलाई तन्दुरुष्ट बनाउने दोस्रो अस्पताल हुन्– व्यवसायी

images
images
  • 827
    SHARES
  • images
    स्पा सेन्टर मानव स्वास्थ्यलाई तन्दुरुष्ट बनाउने दोस्रो अस्पताल हुन्– व्यवसायी
    images
    images


    काठमाडौ,

    images

     
    मुलुकै सिंगो पहिचान दिने एक मात्र पर्यटकीय क्षेत्र ठमेलमा सञ्चालन भईरहेको स्पा सेन्टरहरु मानव स्वास्थ्यलाई शारिक र मानसिक रुपमा स्फूर्ती बनाउने दोस्रो अस्पतालको रुपमा रहेको व्यवसायीहरुले बताएका छन् ।  
    स्पा थेरापी आर्युवेदिक र योगाको शैली अपनाएर उपचार गरिने एक विधी रहेको बताएको छ । आज ठमेल स्थित एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा स्पा संघ नेपालका अध्यक्ष शुभलाल थिङले मानिसको स्वास्थ्यलाई उर्जाशील र तन्दुरुष्ट बनाउने पेशाकोरुपमा लिनुपर्ने बताए । पछिल्लो समयमा स्पा क्षेत्रमा देखिएको विकृतिलाई न्यूनिकरण गर्न स्पा सेन्टरलाई मार्यदित र व्यवसायिक बनाउन सबै व्यवसायहरु लाग्नुपर्ने बताए । 


    अध्यक्ष थिङले स्पा मनोरञ्जन क्षेत्र नभई स्वास्थ उपचार केन्द्रको रुपमा बुझ्न आग्रह गरे । कोभिड –१९ को मारमा परेका व्यवसायहरु मध्ये स्पा क्षेत्र पनि जटिल अवस्थामा पुगेको भन्दै सम्बन्धित निकायले यथाशिघ्र सञ्चालन गर्ने अनुमति दिनुपर्ने माग राखेका छन् । ‘कोभिड नियन्त्रणमा स्पा क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा कोभिड र निषेधाज्ञाका कारण घरमै बस्नु परेका दीर्घाकालीन रोगका विरामी र शारिरिकरुपमा व्यवयाम गर्न नपाउने व्यक्तिहरुका उपचारमा मानसिक र शारिरिक रुपमा स्वस्थ बनाउने र सकारात्मक सोचको विकास गराउने भएकाले स्पाले महत्वपूर्ण भूमिका खेल्न सक्ने अध्यक्ष थिङको भनाई थियो ।


    स्पा प्राकृतिकरुपमा गरिने उपचार पद्धति भएको उल्लेख गर्दै स्पा रोगीलाई निरोगी बनाउने विधि मात्र नभई, यो मानव शरीरलाई रोगमुक्त राख्ने कला र मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गराई शरिरलाई रोगमुक्त राख्न सहयोग गर्ने उनले बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले स्पा व्यवसायीहरुको मागको सम्बोधन गर्दै थप व्यवस्थित र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयसंग सहजीकरण गर्ने प्रतिवद्धतता गरे । उनले स्पाको नाममा विकृति ल्याउने र अपराधिक गतिविधि गर्नेहरुलाई निरुत्साहित बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए । प्रहरी संगठनकै केही व्यक्तिहरुलाई व्यवसायी गर्नेमाथि गरेको दुरव्यवहार बारे सम्बोधन गर्दै अब कुनै प्रहरीले गलत काम गर्छन् भने सिधै आफुलाई जानकारी गराउन जोकोही भएपनि कारवाही गरिने बताए । एसएसपी सिंहले कोभिडसंग लड्न सामुहिक सोचक साथ अघि बढ्न आग्रह गरे ।


    हाल काठमाडौँ भित्र ५२–६० प्रतिशत कोरोना संक्रमण दर रहेको उल्लेख गर्दै त्यसको न्यूनिकरणमा सबै नागरिक जिम्मेवारी बन्नुपर्ने बताए । प्रहरीले सार्वजनिक ठाउँहरुमा सचेतनाअभियानगर्दै आएको र स्वास्थ्यको मापदण्ड अपनाएर आफ्नो पेशाव्यवसाय गरेमा कोरोना संक्रमण दर कमहुदै जाने बताए ।  त्यस्तै कार्यक्रममा ठमेल व्यवसायी विकास कोषका उपाध्यक्ष राजुमान डंगोलले सबै क्षेत्रमा भिडबाड पसल तथा व्यवसाय सञ्चालन गर्न दिने र ठमेल क्षेत्रलाई सौतेनी आमाको सन्तानकोरुपमा हेरेको भन्दै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका थिए । 
    व्यवसाय सञ्चालन गर्न नपाउँदाकरिव ४० हजार जनाले रोजगार गुमाउनुपर्ने स्थिति आएको उपाध्यक्ष डंगोलले बताए । कार्यक्रममा ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले स्पा व्यवसायमा मात्र १५–१६ सय जनाले रोजगारबाट हात धुनुपर्ने अवस्था आएको बताए । उनले स्पा व्यवसायलाई उद्योगको रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै मजदुर र व्यवसायीको रोजिरोटीमा सरकारले ध्यान दिनुपर्ने बताए । 

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको