Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images

पन्जसिर पनि जित्दै तालिबान, विरोधी समूहका धेरै शीर्ष कमाण्डर मारिए

पन्जसिर पनि जित्दै तालिबान, विरोधी समूहका धेरै शीर्ष कमाण्डर मारिए

images
images
  • 1.4K
    SHARES
  • images
    पन्जसिर पनि जित्दै तालिबान, विरोधी समूहका धेरै शीर्ष कमाण्डर मारिए
    images
    images

    काबुल । अफगानिस्तानको पन्जसिर प्रान्तमा रेजिस्टन्स फोर्स (अहमद मसुद समूह) र तालिबानका लडाकुबीच युद्ध जारी छ । यसैबीच तालिबानविरोधी मसुद समूह कमजोर हुँदै गएको खबर आएको छ ।

    images

    स्रोतका अनुसार अहमद मसुदले तालिबानसँग युद्ध अन्त्यको प्रस्ताव राखेका छन् । यतिबेला पन्जसिरमा तालिबानको अवस्था बलियो बनेको बताइएको छ । तालिबान लडाकु युद्धद्वारा नै पन्जसिर कब्जा गर्न चाहन्छ ।

    किनकी त्यहाँ युद्धको सुरुवात मसुद समूहले गरेको थियो । त्यसप्रति तालिबान रुष्ट छ । मसुद समूहका लडाकुलाई उनीहरू सजाय दिन चाहन्छन् ।

    तालिबानले आफ्ना लडाकु पन्जसिरका गभर्नरको कार्यालयमा प्रवेश गरिसकेको दाबी गरेका छन् । आइतबारको लडाइँमा पन्जसिरका धेरै जना शीर्ष नेता मारिएका छन् । यसमा सबैभन्दा प्रमुख फहिम दश्ती हुन् । पत्रकार समेत रहेको फहिम पन्जसिरका प्रवक्ता थिए ।

    साथै मसुद परिवारसँग सम्बद्ध कमाण्डर पनि मारिएका छन् । यिनमा गुल हैदर खान, मुनिम अमिरी र जनरल वुदाद पनि छन् ।

    तालिबान स्रोतले पन्जसिरका धेरै जना शीर्ष कमाण्डर मारिएको पुष्टि गरेको छ । मसुद गुटले पनि यसको पुष्टि गरेको छ । एजेन्सी

    images
  • सम्बन्धित विषय:

  • # तालिबान
  • # पन्जसिर
  • # विरोधी समूह

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको