Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

मौसम पूर्वानुमान :

देशभरको मौसम कहाँ कस्तो रहला ?

देशभरको मौसम कहाँ कस्तो रहला ?

images
images
  • 3.9K
    SHARES
  • images
    देशभरको मौसम कहाँ कस्तो रहला ?
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश–१, प्रदेश–२ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।

    images

    आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    विभागका अनुसार आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    आज हिन्दु नारीहरूको महान् पर्व तीज पनि हो। मौसमविदको भनाइअनुसार पर्व मनाउन आज मौसमले साथ नदिने सम्भावना छ ।

    देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ ।

    निरन्तरको वर्षाले माटो गलेकाले सानो पानी पर्दा पनि पहिरो जानसक्ने भएकाले कमजोर पहाडमा बस्नेहरुले विशेष सतर्क हुनुपर्ने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको